दुधमा यस्तो सामग्री भेटिएपछि
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
३ असार, भक्तपुर । भक्तपुर खरिपाटी डेरीको दूधमा हानिकारक जीवाणु भेटिएपछि डेरी सिलबन्दी गर्न पुगेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीलाई अवरोध गरी बन्द गर्न नदिएपछी उनीहरू सिलबन्दी नगरी फर्किएका छन् ।
विभागका खाद्य निरीक्षक, प्रहरी, प्रशासन सहित भक्तपुरको छालिङ पुगेको टोलीलाई स्थानीयबासीलाई बोलाएर अवरोध गरेपछि सिलबन्दी नगरी फर्किएका हुन् । टोलीलाई हातपात समेत गरेको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।भक्तपुरका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीका अनुसार विश्वराम खड्का, उद्धव खडका र यज्ञ खडकालाई नियन्त्रणमा लिइएको छ । दुधमा कोलिर्फमको मात्रा शुन्य हुनु पर्नेमा २ हजार ४ सय भन्दा बढी पाइएको थियो ।
समाचार संकलन गर्न गएको नेपाल टेलिभिजनका क्यामरा समेत तोडफोड गरेको प्रशासनले जनाएको छ । उक्त डेरीले गायत्री ब्राण्डको दुध उत्पादन गर्ने गर्छ ।विभागले सोमबार ललितपुरको चापागाउ स्थित आइडिया प्लस डेरीमा सिलबन्दी गरेको छ । उक्त डेरीले विभागबाट खाद्य अनुज्ञापत्र नलिई अबैध रुपमा सञ्चालन गरेको र दुधमा कोलिर्फमको मात्रा भेटिएको थियो ।

0 comments
Write Down Your Responses