चोरीको पराकाष्ट : बलिउड नायिका सेनाको शरिरमा जियाको टाउको
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
नेपाली सिनेमाका निर्माताहरुले आफ्नो क्रियशनलाई देखाउँन सकेका छैनन् । सिनेमाको कथावस्तु मात्र होइन पोष्टर समेत आफ्नो क्रियशनले बनाउन सकेको देखिदैन । पुराना र अनुभवी निर्देशकको रुपमा चिनिएका दिपक श्रेष्ठ पछिल्लो समय पोष्टर चोरीमा हाबी हुँदै गएका छन् । उनले निर्देशन गरेको चलचित्र ‘वाचा’ को पोष्टर एक तामिल सिनेमाबाट चोरिएको थियो । यो चोरीको बाटोलाई उनले छोडेका छैनन् । उनले नै निर्देशक गरेको चलचित्र ‘रङ वेए’ को पोष्टर पनि चोरीएको छ । नायिका जिया केसीको टाउको लगेर एक बलिउड सिनेमाको पोष्टरमा राखिएको छ ।
सन् २०१० मा प्रदर्शनमा आएको बलिउड चलचित्र ‘मल्लिका’ मा नायिका शेना नायरले अभिनय गरेकी छिन् । उनको शरीरमा नायिका जिया केसीको टाउको राखेर पोष्टर तयार पारिएको छ । जसका कारणले जियालाई पोष्टरमा निक्कै भद्दा र असुहाउँदो देखिएको छ ।
नेपाली सिनेमाप्रति दर्शकको चाहना र उत्साह घट्दै गएको समयमा यस्ता किसिमका लाजमर्दो चोरीले के सन्देश दिन्छ, यो सबैले वुझ्नु जरुरी छ । नेपाली सिनेमा ‘रङ वेय’ लाई हरर मुभी भनिएको छ । तर बलिउड चलचित्र ‘मल्लिका’ पनि हरर बिषयमा नै निर्माण भएको छ । पोष्टर चोर्न समेत पछि नपर्ने निर्माणपक्षले सिनेमा चोरेको छैन भनेर विश्वास गर्ने आधार देखिदैन ।

0 comments
Write Down Your Responses