मन्त्रिपरिषद् अध्यक्ष रेग्मीका ससुराको जग्गामा वैद्य माओवादीको झण्डा
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
रुद्र खड्का, नेपालगन्ज, चैत २१ - अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका ससुरा लक्ष्मीप्रसाद उपाध्यायको नाममा रहेको बर्दियाको खैरिचन्दनपुरस्थित ४० बिघा जग्गामा मोहन वैद्य नेतृत्वको माओवादीले झण्डा गाडेका छन्।
उपाध्यायका छोरा छैनन्। उनकी तीन छोरी मध्ये कान्छी छोरी रेग्मीकी धर्मपत्नी हुन्। रेग्मीकै जग्गाका रुपमा त्यहाँ आज बिहान ३ बजे करिब ५० वटा झण्डा गाडी उनीहरुले 'कब्जा' घोषणा गरेका हुन्।
मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी टपेन्द्रध्वज हमालले नागरिकन्युजसँग कुरा गर्दै भने, 'हामीले झण्डा हटाइसकेका छौँ।' उनले त्यहाँ रहेका माओवादी कार्यकर्ताहरुलाई पनि आ-आफ्नो स्थानमा पठाइसकेको दावी गरे।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses