बाढीले पक्की पुल बगाउँदा सत्तरी लाखको क्षति

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२९ जेठ, पर्वत । अबिरल वर्षासँगै आएको बाढीले पर्वतको मालढुङ्गा-बेनी सडकखण्डमा निर्माणाधीन एक पुल बगाएको छ । बाढीले पर्वतको मालढुङ्गा र म्याग्दीको बेनीबजार जोड्ने नाङ्लिबाङ र धाइरिङ गाविसको बीचमा पर्ने लस्तीखोलामा निर्माणाधीन पक्की पुल बगाएको हो ।

सडक विभागद्वारा निर्माण भइरहेको उक्त पुलको सेटिङको काम सकिएर ढलानको तयारी भइरहेको थियो । पुल बगाउँदा करिब ७० लाख रुपैयाँको क्षति भएको इन्जिनियर अनिल सिलवालले जानकारी दिनुभयो । कुल एक करोड ३० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको पुलको ५० प्रतिशत काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो ।

बाढीले पर्वतको धाइरिङ-२ र नाग्लिवाङ-९ खोला किनारका खेतीयोग्य जमिनसमेत कटान गरेको छ । बाढीले नाग्लिवाङ-९ फर्सेका स्थानीयवासीले उपभोग गर्दै आएको खानेपानी मुहान बगाएपछि पिउने पानीको स्रोतसमेत बन्द भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

बाढीले जालीहरू बगाएपछि लस्ती बजार बाढीको जोखिममा परेको निवर्तमान गाविस उपाध्यक्ष हरेमबहादुर खत्रीले बताउनुभयो । “तत्काल जालीको प्रबन्ध नगरे फर्सेका ६० घर जोखिममा रहेको उहाँको भनाइ छ ।” रासस

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses