दलित युवकले अन्तरजातीय बिहे गरेपछि आमाले पिटाइ खाइन्
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
पूर्वी सुर्खेतको रामघाटमा एक दलित युवकले अन्तरजातीय बिहे गरेपछि केटी पक्षले केटाका आमालाई पिटेका छन् । रामघाट ३, साँधीखोलाका २० वर्षीय शिवराज विकले गत मंगलबार गाउँकै अनिता शाहीलाई भगाएपछि केटी पक्षका आफन्तले केटाकी आमा ललिता विकलाई कुटपिट गरेका हुन् ।
उनी अहिले अस्पतालमा छिन् । केटीका मामा भीमबहादुर रावतसहितको समूहले गत बुधबार शिवराजकी आमा ललितालाई घरमै कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते ललितालाई उपचारका लागि मध्य पश्चिम क्षेत्रीय अस्पताल सुर्खेत ल्याइएको छ । साँझ ९ बजेतिर घरमा खाना पकाइरहेका बेला लछारपछार गर्दै कुटपिट गरेको ललिताले बताइन् । उनले छोराले केटी भगाएको भन्दै कुटेको बताइन् । कुटाइबाट बेहोस् ललितालाई आफन्तले उपचारका लागि अस्पताल ल्याएका थिए । ललितका आफन्त सीता विकका अनुसार शिवराज र अनिता मंगलबारदेखि सम्पर्कबाहिर छन् । ललिताका श्रीमान् रोजगारका लागि मलेसियामा छन् । कुटपिटपछि केटीका मामा भीमबहादुरसहितको टोलीलाई कारबाही माग गरी रामघाट प्रहरी चौकीमा उजुरी दिएको सीताले बताइन् । विवाहपछि केटी पक्षले केटा पक्षका आफन्तलाई कुटपिट गरेको प्रहरी उपरीक्षक विश्वनिरञ्जन प्रधानले बताए ।

0 comments
Write Down Your Responses