गणितको कक्षा जाँचबाट बच्नलाई विद्यार्थीहरूले शिक्षिकाको चियामा विष मिलाए

भिडियो हेर्न तल क्लिक गर्नुहोस

अमेरिकाको भर्जिनिया प्रान्तको हिन्स मिल्स स्कुलमा गणितको कक्षा जाँचबाट बच्नलाई विद्यार्थीहरूले विषय शिक्षिकाको चियामा विष मिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । एबीसी न्युजका अनुसार गणितको रिभ्यूबाट बच्नलाई १३ वर्षे दुई छात्रले गुरुआमा ६६ वर्षे जेन मिलरको चियामा दुईपटक ह्यान्ड सेनिटाइजर (हात धुने लिक्विड साबुन) मिसाए । यसबाट शिक्षिका बिरामी भएपछि गणितको जाँचबाट सहजै बच्न सक्ने ती अबोध बालकहरूले सोचेका थिए ।



चिया पिएर स्वास्थ्य बिग्रेकी मिलरलाई अस्पताल पुर्‍याउनुपरेको थियो । चिकित्सकीय जाँचमा उनको पेटमा उक्त हात धुने रसायन फेला पर्‍यो । प्रहरीले खबर गरेपछि जाँच अधिकृतहरूको एक टिम सोधपुछका लागि विद्यालय पुगेका थिए । अनुसन्धानका क्रममा ती दुई छात्रको बदमासी पत्ता लाग्यो । कडा सोधपुछपछि उनीहरूले विद्यालय व्यवस्थापनसामु अपराध स्वीकारे ।

गुरुआमा मिलरले केही विद्यार्थी गणित जाँचका लागि मानसिक रूपले तयार नरहेको आफूलाई जानकारी भएको बताइन् । तर, उनीहरूको यो गतिविधिबारे आफू अनभिज्ञ रहेको उनले बताइन् ।

ती दुवै छात्रलाई विद्यालयबाट निकाला गरिएको छ । कम्युनिटी स्कुलबाट उनीहरूको पढाइ जारी छ । प्रहरीले उनीहरूमाथि षड्यन्त्र रचेको र विष खुवाएको आरोपमा उजुरी दर्ता गरेको छ । अभियोग प्रमाणित भएमा उनीहरूलाई पाँच वर्ष कैद र एक लाख डलर जरिवाना हुनेछ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses