कांग्रेस र एमालेले जनतालाई धोका दिएको प्रचण्डको आरोप

भिडियो हेर्न तल क्लिक गर्नुहोस

कञ्चनपुर, २७ कात्तिक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन इतिहासकै अन्तिम ठूलो अवसर भएको बताउनुभएको छ । एमाओवादी निर्वाचन क्षेत्र नम्बर १ द्वारा बुधबार बेलौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानसभा निर्वाचन इतिहासकै ठूलो अवसर र चुनौती हो, यस अवसरलाई खेर जान दिन नहुने बताउनुभयो । संविधानसभा निर्वाचन जसरी पनि हुन्छ, तपाईंहरु ढुक्क भएर भोट हाल्न जानुहोस्”, उहाँले भन्नुभयो ।



अध्यक्षले भन्नुभयो– “परिवर्तनकारी शक्तिलाई एक पटक मौका दिनुहोस्, हामीले अवश्य नै परिर्वतन र विकास दिन्छौँ” । एमाले काँग्रेसका नेताले नेपाली जनतालाई धोका दिएको आरोप लगाउँदै नेता दाहालले एक पटक एमाओवादीलाई भोट दिन आग्रह गर्नुभयो ।

देशैभरि एमाओवादीको पक्षम जनलहर बढेको भन्दै प्रत्यक्षतर्फ एमाओवादीको बहुमत आउने दाबी गर्दै उहाँले एमाओवादी कञ्चनपुरका चारै निर्वाचन क्षेत्रका उम्मेदवारलाई भारी बहुमतले विजय गराउन आग्रह गर्नुभयो । कञ्चनपुर कैलालीमा बसोबास गर्ने राना–थारु समुदायलाई विशेष अधिकारको व्यवस्था गरिने आश्वासनका पनि अध्यक्ष दाहालले दिनुभयो । -nayakhabar

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses