४ वर्षको बालकलाई आमाले खुवाइन् पेट्रोल, लगाइदिइन् आगो...(भिडियोसहित)
कार्तिक, एजेन्सी । एक आमाले आफ्नो ४ वर्षीय छोरालाई जबरजस्ति पेट्रोल खुवाएर आगो लगाइदिएकी छिन् । सुन्दा पनि आङ सिरिङ हुने यो घटना हो चीनको झेजियांग प्रान्तको जिनहुआ शहरको हो ।
आफ्नै आमाले ४ वर्षीय छोरालाई पेट्रोल खुवाएर उनलाई आगो लगाएकी छिन् । छोरालाई बचाउन आएका बाबुलाई समेत पेट्रोल छर्केर ती महिलाले पतिलाई समेत आगो लगाइदिएकी थिइन् । आगो लागेका तीनै जनालाई उद्धार गरी अस्पताल पुर्याइएको छ र शरिरको धेरै भाग जलेकाले उनीहरूको अवस्था गम्भिर रहेको बताइएको छ ।
झांग र शेनबीच विवाहपछी नै निकै झगडा गर्ने गर्थे । शेन आफ्नो पतिले आफूलाई इज्जत नगर्ने सोच्ने गर्थिन् । प्राय यसै विषयमा झगडा हुने गरेको थियो उनीहरूको । झगडाकै क्रममा शेन घरबाहिर आइन् र पेट्रोल किनेर घर फर्किइन् ।
आफ्नो छोरा डुओडुओलाई जबरजस्ति पेट्रोल खुवाउने प्रयत्न गरिन् । छोरा बच्ने प्रयास गर्दा गर्दै पनि उनले थोरै पेट्रोल खानपुगे । यसरी छोरालाई शेनले पेट्रोल खुवाउन लागेको देखेपछी झांग छोरालाई बचाउन आएका थिए । यस क्रममा तीनै जनामाथी पेट्रोल पोखिएको थियो । झगडामा शेनले छोरालाई बलिरहेको स्टोभ नजिकै तानेर ल्याउँदा उनलाई आगो लाग्यो । तीनै जनाको शरिरमा पेट्रोल छर्किएकाले तिनै जनाको शरिरमा आगो लाग्न पुग्यो ।
आफ्नो शरिरमा आगो लागेपनि झांगले आफ्नो छोरालाई त्यहाँबाट उठाएर अर्को कोठामा पुर्याइ आगो निभाउने प्रयत्न गरेका थिए । बालकको शरिरको ३५ प्रतिशत भाग जलेको चिकित्सकहरूले बताएका छन् भने झांग र शेनको १५ प्रतिशत शरिर जलेको अवस्थामा रहेको छ ।
0 comments
Write Down Your Responses