भिडियो हेर्न तल क्लिक गर्नुहोस |
नेपाल त सून्दरता र सगरमाथाको देश भनेर चिन्थेँ तर त्यहाँको अँध्यारो पाटो म नेपाल पुगेपछि मात्र थाहा पाएँ । त्यो त महिलाहरु किनिने र बेचिने ठाउँ पनि रहेछ । नेपालका चेलीबेटीहरुको नेपाल–भारत सीमा क्षेत्रबाट बेचबिखन हुँदो रहेछ ।
नेपाल पुगेको बेला मैले राजधानी काठमाडौं र सीमा क्षेत्रहरुमा केही दिन बिताएँ, सोही बेला मैले थाहा पाएँ चेलीबेटी बेचबिखनको बारेमा । युनिसेफको पछिल्लो तथ्याङक अनुसार प्रत्येक वर्ष नेपालबाट ७ हजार महिलाहरु भारतका वेश्यालयहरुमा बेचिँदा रहेछन् । भारतकै वेश्यालयहरुमा अहिले २ लाख महिलाहरु काम गर्छन् । चेलीबेटी बेचबिखन, असुरक्षित बसाइसराइको बारेमा विवरणहरु बुझ्न नेपाल गएको बेला मैले यस्तो डरलाग्दो तथ्य भेटेँ ।
यस्तो अवस्था थाहा पाएपछि मलाई त्यहाँका महिलाअधिकारकर्मीहरुसँग कुराकानी गर्न मन लाग्यो । चरिमाया तामाङसँग भेटेँ । उनी पनि पहिले भारतको वेश्यालयबाटै नेपाल फर्किएकी हुन् । तर अहिले बेचबिखनविरुद्ध संस्था नै खोलेर काम गरिरहेकी छिन् उनी
।
१९ वर्ष पहिले घर पछाडि घाँस काटिरहेको समयमा एक हुल मान्छे आएर उनलाई समातेछन् । हात बाँधेर अनि केही थाहा नपाउने किसिमको पाउडर प्रयोग गरेर उनलाई त्यहाँबाट लगेछन् । होसमा आउँदा उनले भारतको उत्तरी एक शहरमा फेला पारिन् आफूलाई । त्यसअघि उनले कतै ठूला घरहरु देखेकी थिइनन् । निक्कै गर्मीको अनुभव भयो । उनलाई सोडा दिए । उनले खाइन् । त्यसपछि फेरि अचेत भइन् । अर्कोपटक ब्यूझिँदा मुम्बईको वेश्यालउ पुगिसकेकी थिइन् उनी । उनलाई बलजफ्ती २२ महिनासम्म त्यहीँ राखियो । वेश्यालयकी मालिक्निलाई ‘अन्टी’ भन्थिन् उनी । जबरजस्ती यौनसम्पर्क गर्नुपर्ने हुथ्यो ग्राहकसँग ।
source : onsnews
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses