अमेरिकालाई १ सय ३० रनको चुनौति
युएइ, २७ कात्तिक । युएइमा जारी टी ट्वान्टी विश्वकपको छनौट खेलमा नेपालले जितका लागि अमेरीका सामु १ सय ३० रनको चुनौति दिएको छ । दुबई आबुधाबीस्थित सेख जायद मैदानमा पहिले टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १ सय २९ रन बनाएको हो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ३६ रनको योगदान दिए । सरख भेष्वाकरले २६ र बिनोद भण्डारीले २२ रन बनाए । नेपालले यस अघि हिजो भएको अभ्यास खेलमो युएईलाई पाँच विकेटले पराजित गरेको थियो ।
१६ टोली सहभागी रहेको प्रतियोगिताको नेपाल समूह ‘बी’ मा रहेको छ । जुन समूहमा डेनमार्क, केन्या, स्कटल्याण्ड, पपुवान्युगिनी, नेदरल्याण्ड, बर्मुडा र अफगानिस्तान छन् ।
समूह ‘ए’ मा आयरल्याण्ड, क्यानडा, यूएई, नामिभिया, हङकङ, युगान्डा, अमेरिका र इटली छन् । शीर्ष ६ मा पर्ने टोलीले आगामी वर्ष बङ्गलादेशमा हुने टी–२० विश्वकपमा सहभागी हुन पाउने छन् । प्रतियोगिताको पहिलो खेलमा यहि कात्तिक २९ गते नेपालले डेनमार्कको सामना गर्नेछ ।
0 comments
Write Down Your Responses