एमाओवादीले दुई तिहाइ बहुमत ल्याउँछ : प्रचण्ड
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२९ जेठ, विराटनगर । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब हुने संविधानसभा निर्वाचनमा आफ्नो पार्टीले दुई तिहाइ बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
एमाओवादीले मधेसी, जनजाति, पिछडावर्ग, दलित एवम् महिलाको माग सम्बोधन गर्ने संविधान बनाउने भन्दै उहाँले जनताले आफ्नो पार्टीलाई दुई तिहाइ बहुमतले विजयी गराउने बताउनुभयो । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरागर्दै प्रचण्डले निर्वाचनमा सङ्घीयता पक्षधरबीच आफ्नो पार्टीको सहकार्य हुनेसमेत जानकारी दिनुभयो । उहाँले मंसिरको पहिलो हप्तामा निर्वाचन जसरी भए पनि हुने बताउनुभयो । मुख्य राजनीतिक दल, आमजनता र सरकार निर्वाचनका लागि गम्भीर भएकाले सरकारले केही दिनभित्र निर्वाचनको मिति घोषणा गर्ने उहाँले बताउनुभयो ।
कुनै एक पार्टीले नचाहँदैमा निर्वाचन नरोकिने भन्दै प्रचण्डले आगामी संविधानसभा निर्वाचनमा वैद्य समूहले भाग लिने विश्वास व्यक्त गर्नुभयो । रासस

0 comments
Write Down Your Responses