बाबुद्वारा काटिएका तीन छोराछोरीको उद्धार
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२८ जेठ, रुकुम । राति सुतिराखेका ठाउँमा आफ्नै पिताद्वारा खुर्पा प्रहार गरी घाइते बनाइएका एक युवती र दुई किशोरलाई हेलिकोप्टरमार्फत् उद्धार गरी मंगलबार रुकुमबाट काठमाडौं ल्याइएको छ ।
सोमबार राति रुकमको नुवाकोट गाविस निवासी वर्ष ४२ का भीमलाल ओलीले श्रीमती र ३ छोराछोरीमाथि अन्धाधुन्द खूर्पा प्रहार गरेका थिए । खूर्पा प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो भने १८ वर्षीय छोरी विमला, १५ वर्षीय छोरो तलसी र १० वर्षीय कान्छो छोरो प्रेम सख्त घाइते भएका थिए ।
घटनामा गम्भीर घाइते भएका तीनैजनालाई उपचारका लागि काठमाडौं ल्याउन राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र पत्रकार दिपेन्द्र खड्काले आग्रह गरेपछि मुख्यसचिव लीलामणि पौडेलको निर्देशनमा उनीहरुलाई उद्धार गरी मंगलबार काठमाडौं ल्याइएको हो । फरार रहेका बाबु भीमलाललाई प्रहरीले खोजी गरिरहेको छ ।

0 comments
Write Down Your Responses