घरायसी विवादमा बाबुछोरा मिलेर आमाको हत्या
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
भक्तपुर, चैत्र २१ - नाबालक छोराको समेत साथ लिएर दुवाकोट २ का विशुराम कार्कीले श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादमा ३२ वर्षीया शारदा कार्कीको हत्या भएको प्रहरीले जनाएको छ । आइतबार मृत्यु भए पनि शिक्षण अस्पताल महाराजगन्जमा सोमबार भएको पोस्टमार्टममा हत्या गरेको रिपोर्ट आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
पारिवारिक कारणले उनले श्रीमतीको हत्या गरेको भनिए पनि नाबालक छोरा सिद्धार्थ किन र कसरी संलग्न भए भन्ने खुल्न सकेको छैन । महानगरीय प्रहरी वृत्त ठिमीले पोस्टमार्टमको आधारमा अनुसन्धान गरी बाबु-छोरालाई नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार सुत्ने कोठामा आइतबार साँझ ७ बजे टाईले घाँटी कसेर हत्या गरेको बयान दिएका छन् । 'बाबुले टाईले कसेर घाँटी थिचेको र छोराले मुख छोपेको बयान दिएका छन्,' स्रोतले भन्यो, 'थप बयान भइरहेको छ ।' दुवैलाई नियन्त्रणमा लिए पनि घटना स्वीकार गरेका थिएनन् । छोराले आमाको हत्या गरेको सुरुमा प्रहरीसमक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ । विशुराम जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कार्यरत कर्मचारी हुन् । घटना स्विकारेपछि दुवैलाई जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । सिद्धार्थ १५ वर्षको भएकाले सानोठिमीस्थित सुधार गृहमा राखिएको प्रहरीले जनाएको छ ।
बाबु-छोराले हत्या पछि पिसाब फेर्न जाने क्रममा आफ्नै घरको भर्याङबाट अचानक लडेर मृत्यु भएको भन्दै शारदाको माइती र टोल-छिमेकीलाई खबर गरेका थिए । 'हामीलाई खबर आएर अस्पताल पुग्दा बहिनीको मृत्यु भइसकेको रहेछ,' मृतकको दाइ लवराज बिष्टले भने, 'ज्वाइँ र भान्जालाई सोध्दा भर्याङबाट लडेर मृत्यु भएको भन्दै झुक्याए ।' मृतक कार्कीको घाँटीमा नीलडाम भए पनि गौशला प्रहरी प्रभागले 'नभएको भन्दै सही छाप' गराएको उनले आरोप लगाए । दुईतल्ले माटोको घरको भर्याङबाट लडेर मृत्यु हुन नसक्ने भन्दै माइती पक्षले थप अनुसन्धान गर्न प्रहरीको माथिल्लो निकायसम्म हारगुहार गरेका थिए । ठिमी प्रहरीले सक्रियता देखाएकोले घटनाको अनुसन्धान अघि बढेको बिष्टले बताए । सोमबार ज्वाइँको नाममा मात्रै किटानी जाहेरी दिए पनि मंगलबार भान्जालाई पनि कारबाही गर्न बिष्टले प्रहरीलाई जाहेरी दिएका छन् । काठमाडौं आलापोट ४ माइती भएकी शारदाको विशुरामसँग १७ वर्षअघि विवाह भएको थियो ।
उनको एक छोरा र एक छोरी छन् । बहिनीको हत्या भएपछि भान्जीलाई आफ्नैमा राखेको बिष्टले बताए । विशुरामले घरखर्च र कपडा समेत नदिएपछि माइतबाट दिँदै आएको उनले बताए । बारम्बार कुटपिट गर्ने, तलब घरमा नदिने भएपछि यसअघि महिला आयोग, महिला सेल भक्तपुर र जिल्ला प्रशासनमा समेत उजुरी दिएको उनले बताए । विशुरामले शारदालाई तेस्रो श्रीमतीको रूपमा भित्र्याएको धेरै समयपछि मात्रै थाहा भएको बिष्टले जनकारी दिए ।

0 comments
Write Down Your Responses