ट्यांकरको पानी पिउन अयोग्य ! रहेको ठहर

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२१ चैत, काठमाण्डौं । राजधानीमा निजी क्षेत्रबाट ट्यांकरमार्फत बेचिने पानी पिउन अयोग्य रहेको पाइएको छ । निजी क्षेत्रका ट्यांकरले खोला र खोल्साको पानी जम्मा गर्ने तथा बोरिङ गरेको पानी घरघरमा पुर्‍याएर बेचिरहेका छन् । सुख्खायाममा पानीको व्यापार झन फस्टाउने गर्छ ।

यस्ता ट्यांकरको पानी सरकारले तोको मापदण्डअनुसार नरहेको फेला परेको हो । सरकारले हालै गरेको एउटा अध्ययन परीक्षणमा खानेपानी वितरण गर्ने अधिकांश ट्यांकरले फोहोर र प्रदूषित पानी बेचिरहेको तथ्य फेला पारेको हो । काठमाण्डौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले राजधानीका विभिन्न स्थानबाट २० वटा ट्यांकर नियन्त्रणमा लिई नमुना परीक्षण गरेको थियो । परीक्षणका क्रममा ती ट्यांकरको पानी स्वास्थ्यका दृष्टिकोणले पिउन शतप्रतिशत अयोग्य भएको फेला परेको थियो ।

बोर्डका इन्जिनियर शम्भु खनालका अनुसार खानेपानी गुणस्तर मापदण्ड २०६२ ले तोकेको आधारभूत मापदण्ड पनि ती ट्यांकरमा भेटिएको थिएन् । ‘अधिकांश निजी क्षेत्रले बेच्ने ट्यांकरको पानी पिउन योग्य छैन्,’ बोर्डका प्रवत्ता योगेन्द्र बहादुर बलमे भने अन्नपूर्ण पोष्टमा खबर छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses