ट्रयाकिङ डिभाइसले कहाँ छन् भनेर पछ्याइरहन्छ कर्णेल लामालाई
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
लन्डन, चैत्र २१ - बहालवाला कर्णेल (महासेनानी) को सान नै बेग्लै हुन्छ, नेपालमा । तर कर्णेल कुमार लामा अपवाद भएका छन् । जागिरे छँदै उनी लन्डनमा थुनिए, त्यो पनि युद्ध अपराध अभियोगमा । दक्षिणी सुडानमा शान्ति सेनाको नेतृत्व सम्हालिरहेका उनी बिदामा बेलायतमा रहेकी नर्स श्रीमती र छोरीहरू भेट््न आउँदा समातिए जनवरी पहिलो साता ।
दुई महिना दस दिन थुनामा रहेर धरौटीमा छुटेका लामामाथि अहिले पनि गह्रुँगो भारी छ । कुनै बेला पूरै गणको कमान्ड सम्हाल्ने हैसियत राख्ने लामा अहिले एउटा सानो घडीजत्रो यन्त्रले घरैभित्र खुम्चिन बाध्य छन्् । अन्तिम फैसला कुरिरहेका उनको खुट्टामा जडान गरिएको घडी आकारको उक्त ट्रयाकिङ डिभाइसले उनी कहाँ छन् भनेर सुपरिवेक्षण गरिरहेको छ ।
स्याटेलाइट नेभिगेसन प्रविधि जीपीएसमार्फत चल्ने उक्त यन्त्रले कहिलेकाहीं भने काम नगर्ने जानकारहरू बताउँछन् । कानुनबेत्ता राजु थापाका अनुसार नुहाउँदा वा विकट क्षेत्रमा यसले काम गर्दैन । जीपीएस सिग्नलले काम नगरेका बेला वा पावर सप्लाई छुटेको अवस्थामा यो रोकिन्छ तर यसबारे अधिकारीहरू अलर्ट भइहाल्छन्् । बेलायतमा दुई निजी कम्पनी जिफोरएस र सर्कोले यस प्रविधिको सुपरिवेक्षण जिम्मा लिएका छन् ।
कसैले निकाल्ने प्रयास गर्यो वा बिगार्न खोज्यो भने नियन्त्रण केन्द्रमा स्वतः रिपोर्ट पुग्छ । बाँधिएको ट्याग निकाले वा बिगारे यसलाई गम्भीर उल्लंघन मानेर थप अपराध स्वरूप सजाय दिइने थापाले जनाए । बेलायतमा सन् १९९० को दशकदेखि यो प्रयोगमा आएको हो । यसको प्रयोगले बर्सेनि सय मिलियन पाउन्ड खर्च हुने प्रोवेसन युनियनको रिपोर्टमा उल्लेख छ । यसले स्याटेलाइटमार्फत २४ घन्टा अवधिमा करिब एक लाख ८० हजार अपराधीको सुपरिवेक्षण गर्न सक्ने क्षमता राख्छ । ६ वर्षयता यस प्रविधिको प्रयोग वृद्धि भइरहेको छ । यसका लागि गएको १३ वर्षमा एक अर्ब पाउन्ड खर्च भइसकेको जनाइएको छ । सन्् २०१० र ०११ मा यसले ६४ हजार ४ सय २० अपराधीको सुपरिवेक्षण गरेको थियो । कम खर्च, भरपर्दो, परिवारसँग सम्पर्क भइरहने र अपराधीलाई समाजमा सुध्रन अवसर दिने भएकाले यस प्रविधि लोकपि्रय भएको छ ।
लामालाई देश छाड््न प्रतिबन्ध छ, बेलुका १० देखि बिहान ७ बजेसम्म घर छाड््न नमिल्ने गरी कफ्र्युमा छन् उनी । सातामा एक पटक नजिकैको प्रहरी स्टेसनमा गएर रिपोर्ट दिन अनिवार्य छ । प्रहरीको निगरानी र अदालतले चाहेको जुनसुकै बेला उपस्थित हुनुपर्छ । तर, यी विभिन्न तनावबीच लामा आफूमाथि लगाइएको मुद्दा सामना गर्न तयार रहेको उनी निकटस्थले बताए । 'उहाँ अहिले नेपालबाट पनि प्रमाण जुटाउन लागिरहनुभएको छ, आफ्ना जुनियर स्टाफसँग त्यतिबेलाको घटनाबारे फोनबाट बुझिरहनुभएको छ,' एक आफन्तले भने । गत साता पनि उनी वकिल भेट्न गएका थिए ।
लामा शनिबार राजदूत सुरेशचन्द्र चालिसे र प्राध्यापक डा. सूर्य सुवेदीसहित अन्य केहीसँग मुद्दाकै आगामी रणनीति तय गर्न दूतावास पुगेका थिए । भेटमा लामाको मुद्दा हेरिरहेका किङ्सले नेप्ली र्फमले मागबमोजिम ४ लाख तीस हजार पाउन्ड कसरी तिर्ने भन्नेबारे लामाले चिन्ता व्यक्त गरेको दूतावासका एक अधिकारीले बताए । 'सरकार परिवर्तन भएपछि त्यति ठूलो रकम कसरी निकासा होला भन्ने चिन्ता लामामा थपिएको छ,' स्रोतले भन्यो ।
सेन्ट्रल क्रिमिनल कोर्टको आदेशबमोजिम लामाको प्ली केस म्यानेजमेन्ट हेयरिङ आगामी १० मे र अन्तिम सुनुवाइ आगामी ५ जुनमा दक्षिण पश्चिम लन्डनस्थित किङस्टन क्राउन कोर्टमा हुनेछ ।

0 comments
Write Down Your Responses