'मैले पाएँ भने बलिउडको नाम फेर्छु' : अभिनेता जोन अब्राहम

भिडियो हेर्न तल क्लिक गर्नुहोस

मुम्बई, चैत २९ (एजेन्सी)- भारतीय अभिनेता जोन अब्राहम हिन्दी फिल्म उद्योगलाई चिनाउने शब्द बलिउड परिवर्तन गर्न चाहन्छन्। एनडिटिभीको बिजनेस लिडरसिप अवार्ड कार्यक्रममा 'वर्षका उत्कृष्ट रचनात्मक उद्यमी'को अवार्ड ग्रहण गरेपछि जोनले यो कुरा बताएका हुन्।



'मैले पाएँ भने एउटै कुरा फेर्नेथिएँ, बलिउड नाम, मेरो विचारमा हामी यसलाई भारतीय फिल्म उद्योग भन्नुपर्छ र त्यसका लागि गुणस्तरीय र मौलिक खुराक पस्किनुपर्छ, बलिउड धेरै हदसम्म हलिउडप्रति निर्भर वा आश्रित सुनिन्छ,' जोनले भने। फिल्ममा भित्रिएको नयाँ प्रविधि र व्यापारको फराकिलोपनमा विचार पुर्या्ए हिन्दी फिल्म उद्योग अझ फस्टाउने उनको सुझाव थियो।

आफूले निर्माण गरेको पहिलो फिल्म 'विक्की डोनर'ले नेसनल अवार्ड जितेकोमा उनले खुसी व्यक्त गरे। 'जिन्दगीमा कहिल्यै कालो धनको प्रस्ताव स्वीकार गरिएको छैन,' जोनले प्रष्ट पारे, 'म एउटा इमानदार परिवारबाट आएको हुँ।'

उनी लन्डनमा आफ्नै प्रोडक्सन कम्पनी खोल्ने योजनामा छन्। उनीद्वारा अभिनित फिल्म 'शुटआउट एट वाडाला' आउँदो मे १ का दिनमा रिलिज हुँदै

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses