बंगलादेशी सम्पादक साइबर अपराध गरेको आरोपमा पक्राउ

भिडियो हेर्न तल क्लिक गर्नुहोस

ढाका, चैत २९ (एजेन्सी)- बंगलादेशी पत्रिका अमर देशका कार्यकारी सम्पादकलाई प्रहरीले पक्राउ गरेको छ। विपक्षी दल समर्थित अमर देश दैनिकका सम्पादक महम्दर रहमानलाई साइबर अपराध सहित ८ अभियोग लगाउँदै पक्राउ गरेको हो।

रहमानलाई प्रहरीले बिहीबार अदालत समक्ष उपस्थित गराउने जनाएको छ। पत्रिकाले देशको संकटग्रस्त राजनीतिलाई अझ हिंसात्मक बनाउने प्रेरित गरेको आरोप सत्तारुढ नेताहरुले लगाएका छन्।

अमर देश बंगलादेशको मुख्य विपक्षी पत्रिका हो। गहन अनुसन्धनात्मक रिपोर्टका कारण पछिल्ला दिनमा पत्रिकाको वितरण संख्या ह्वात्तै बढेको थियो। अमरदेशडटकममा पनि पाठक बढेका थिए।

अधिकारवादीहरुले रहमानको गिरफ्तारीप्रति आपत्ति जनाउँदै सत्तारुढ अवामी लिग पार्टीले सम्पादक र पत्रिकालाई दुर्व्यवहार गरेको जनाएका छन्। सरकारी अधिकारीले उनीविरुद्ध मानहानी सहितका मुद्दा चलाउने तयारी गरिरहेका छन्। यसअघि सन् २००९, २०१० तथा २०१२ मा पनि उनीविरुद्ध सरकारले मुद्दा चलाएको थियो।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses