शरिर र टाउँकोमा बमको छरा बोकेर बाच्नका लागि बाध्य
काठमाडौं, ३२ साउन । दश वर्षे माओवादी जनयुद्धको घाउको पीडा नेपाली समाजमा वर्षौंसम्म नमेटिने पक्का छ । जनयुद्धले के गर्यो भन्दा पनि के गर्ने भन्दा अवस्थाबाट जनता गुज्रीएका छन् । जनयुद्धलाई कतिले विजय उत्सवको रुपमा मनाएका छन् भने कतिलाई त्यहि युद्धले तारे भिरको जीवनमा ठेलिदिएको छ । परिवारीक जीवनको रमाइलो फुलबारीमा दिन गुजारीरहेका थुप्रै परिवार युद्धका हुन्डरीबाट बिचलित हुन पुगे ।
दल विशेषले जितेको दावी गर्यो तर देश र जनताले सुधै हारिरहे । यो हार्ने क्रम अझै थामिएको छैन ।
घटना रोल्पाको हो । २०६२ साल बैशाख १० गते घर नजिकै धारामा नुहाउन गएको समयमा बम बिस्फोट हुँदा रोल्पा पाखापानीका पाँच जना बालबालिकाको मृत्यु भएको भने पाँच जना घाइते भए । घाइते पाँचै जनाको शरिरमा अहिलेसम्म बमको छरा छ । र अहिले सम्म उपचार नहुँदा उनीहरु छटपटाइरहेका छन् ।
पुरा भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोला।
0 comments
Write Down Your Responses