अज्ञात समुहद्वारा स्कुलमा आगजनी ,१६ लाखभन्दा बढी क्षति

भिडियो हेर्न तल क्लिक गर्नुहोस

नरहरि सापकोटा, गोरखा, वैशाख १ - गोरखा नगरपालिका- ९ छेवेटारस्थित तारा उच्च माविमा अज्ञात समुहले शुक्रबार राति आगजनी गरेको छ। आगजनीबाट १६ लाख १५ हजार रुपैयाँभन्दा बढीको क्षति भएको विद्यालयले जनाएको छ।

कार्यालयका सबै कागजात, फर्निचर, शैक्षिक सामग्री र अभिलेख जलेर नष्ट भएको प्राचार्य बाबुराम बिकले बताए। 'शुक्रबार वार्षिक परीक्षाको नतिजा प्रकाशन गरेका थियौँ, राति त अफिस कोठामा आगो लगाएछन्,' प्राचार्य बिकले भने। विद्यालय नजिकैका स्थानीयले खबर गरेपछि शनिबार बिहान ११ बजेमात्रै घटनाबारे थाहा पाएको उनले बताए। स्थानीय र प्रहरीले बिहान १० बजेतिर आगो निभाएका थिए।

आगजनीमा तीनवटा टेबल, दर्जन कुर्ची, दुईटा काठको र्याबक, दश जोड २ को पाँच सय थान पुस्तक, तीनवटा भित्तेघडी, साउन्ड सिस्टम, कम्प्युटर, टेलिफोन सेट, पंखा, ६ वटा ह्वाइट बोर्ड, विज्ञान र स्टेशनरी सामान जलेर नष्ट भएको छ। दश जोड २ को अभिलेख, अतिरिक्त क्रियाकलाप पोशाकसहित कार्यालय प्रयोजनका सबै सामन जलेर नष्ट भएको प्रहरीले जनाएको छ। सबै कागजात जलेपछि विद्यालयले आवश्यक छानविनको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा शनिबार निवदेन दिएको छ। विद्यालय व्यवस्थापन समिति, शिक्षक अविभावक संघको भेलाले क्षति विवरणसहित दोषीलाई कारवाही माग्दै निवेदन दिएको प्राचार्य बिकले बताए।

कसले किन र कुन उद्देश्यले आगो लगाएको हो? पत्तो लागेको छैन। अनुसन्धान सिलसिलामा प्रहरीले एकजनालाई पक्राउ गरेको जनाएको छ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses