पुलिसको कुटाईबाट तीनजना घाइते
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
१ बैशाख,नवलपरासी । नवलपरासीमा प्रहरीको कुटाईबाट तीन जना घाइते भएका छन् । नारायणी नदीबाट गिट्टी बालुवा ल्याउन गएका नरसही वडा नं. १ का ४५ वर्षे सीता बिन, वडा नं. २ का १४ वर्षे बालक कलामुद्दिन अन्सारी र पकलिहवा गाविस २ का ३० वर्षे हरिगोविन्द कानुलाई नरसही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षिक राजेन्द्र बस्नेतले कुटपिट गरेको प्रत्यक्षदर्शी मनोज गुप्ताले जनाएका छन् ।
घरमा चर्पी निर्माणका लागि गिट्टी बालुवा लिन नदी पुगेका उनीहरुबाट प्रहरीले प्रति टेक्टर ५ सय रुपैयाँ घुस मागेको र दिन नमानेपछि नदीमै कुटेका हुन् । निर्घात कुटपिट गर्न थालेपछि टेक्टरमा काम गर्न गएका मजदुरहरु भागेर ज्यान बचाएका गुप्ताले बताए ।
शनिबार अपरान्ह ४ बजे टेक्टरमा बालुवा लोड गरी बाहिरिदै गर्दा प्रहरीले घुस मागेपछि अरुले पनि बालुवा निकालेको देखेर आफु पनि निकाल्न आएको बताएपछि प्रहरीले रकम मागेको र नदिएपछि मरणासन्न कुटेको उनको भनाई छ ।
प्रहरीले भने अवैधानिक रुपमा बालुवका निकालेको र त्यसलाई सचेत गराउन आग्रह गर्दा नमानेको बताएको छ । घटनाको विरोधमा स्थानीयबासीले अहिले प्रहरी कार्यालयमा धर्ना दिइरहेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses