गाउँले बनाए चुलोमा आगो बाल्ने समय तालिका, नटेर्नेलाई २५ हजार जरिवाना

भिडियो हेर्न तल क्लिक गर्नुहोस

३ बैशाख, रौतहट । प्रचण्ड गर्मीसँगै सुरु भएको हावाहुरीका कारण भएको शृंखलाबद्ध आगलागीबाट करोडौं रुपैयाँको धनमाल क्षति भएपछि गाउँलेहरु आफैले खाना पकाउने समय निर्धारण गरेका छन् ।



संग्रामपुर र समनपुर गाविसमा गाउँ सुरक्षा समितिले बिहान ८ बजेभित्र खाना पकाएर चुलोको आगो पूर्ण रुपमा निभाउन गाउँलेलाई आग्रह गरेको छ । संग्रामपुर गाउँका चौकीदार रामनाथ पासवानले माइकिङ गर्दै बिहान ८ बजेभित्र र बेलुका ७ बजेपछि खाना पकाएर चुलो निभाउन गाउँलेलाई सूचित गरेका छन् ।



गर्मी मौसममा तराईमा प्रायजसो बिहान ८ बजेपछि मात्र हावाहुरी चल्ने भएकाले त्यसअघि नै भान्छाको काम सकेर चुलो बन्द गर्न उर्दी जारी गरिएको गाउँ सुरक्षा समिति संग्रामपुरका संयोजक नरेन्द्र ठाकुरले बताए, नागरिक दैनिकमा खबर छ । अटेर गरेर चुलो बाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय पनि गाउँलेहरुले सामूहिक रुपमा गरेका छन् । शनिबार छिमेकी गाउँ बसबिटी जिगडिया र रघुनाथपुरमा भीषण आगलागी हुँदा सय घर खरानीमा परिणत भएको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses