चीन-भारत सहकार्यले नेपालको हित हुनेछ : दाहाल
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
पूर्ण बस्नेत, हङकङ, वैशाख ३- माओवादी अध्यक्ष पुष्पकमल दाहालले चीन-भारत सहकार्यले नेपालको राष्ट्रिय हितको रक्षा गर्ने भएकाले आफु त्यसको प्रवर्द्धनमा प्रतिवद्ध रहेको बताएका छन्। साता लामो चीन भ्रमणमा रहेका दाहालले राजधानी बेइजिङ पुग्नुअघि चेङदुस्थित सिचुवान विश्वविद्यालयमा सोमबार आयोजित समारोहमा बदलिँदो परिस्थितिमा नेपाल-चीन सम्बन्धबारे मन्तव्य दिएका हुन्।
'चीन-भारत द्विपक्षीय सम्बन्धमा प्रभावकारी रुपमा प्रगती भइरहेको छ, एसियाका दुई आर्थिक शक्तिबीच रहेर नेपालले भारत र चीनबीच सम्बन्ध बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ', दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका नेता र प्रोफेसरहरू सहभागी समारोहमा उत्तर र दक्षिणको छिमेकीलाई समदुरीमा राख्न खोज्दै भने, 'अहिलेको विश्व परिस्थितिमा यी दुई शक्तिबीचको सहकार्यले नेपालको राष्ट्रिय हितको सबभन्दा राम्रो सुरक्षा गर्न सक्छ, म यसलाई बढाउन र बलियो बनाउन प्रतिवद्ध छु।'
नेपालमा शान्ति प्रक्रिया शुरु भएपछि चौथो पटक चीन भ्रमणमा रहेका दाहालले चीनकै भूमिमा भारत-चीन सहकार्यको पक्षमा आफुलाई सार्वजनिक रुपमा उभ्याएको यो पहिलो पटक हो। यसअघि २०१० अक्टोबरमा सांघाईमा नागरिकलाई दिएको विशेष अन्तर्वार्तामा अध्यक्ष दाहालले पहिलो पटक 'नेपाल-भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारी आवश्यक रहेको' खुलासा गरेका थिए।
चीनले नेपाली वस्तुलाई भन्सार छुट दिएर ब्यापार घाटा कम गर्न ठूलो सहयोग पुर्याएको चर्चा गर्दै करिब दुई सय सहभागीबीच दाहालले नेपालको जलस्रोत, औद्योगिक विकास, सडक-रेलमार्ग, रोपवे-विमानस्थल तथा कृषिको विकासमा सहयोग गर्न चीनलाई खुला आग्रह गरे।
चिनियाँ अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एपेक फाउण्डेसन मार्फत लुम्बिनीमा तीन अर्ब डलर लगानी भित्र्याउन केही वर्षदेखि प्रयास गरिरहेका दाहालले यसमा चीनले देखाएको चासोको प्रशंसा गरे। लुम्बिनी विकास अन्तर्राष्ट्रिय कमिटिमा बसेर चीनले खेलेको भूमिका स्मरण गर्दै फाउण्डेसनका सहअध्यक्ष समेत रहेका दाहालले भने, 'चिनियाँ पर्यटकको लुम्बिनी भ्रमण तथा लुम्बिनीलाई बौद्ध अनुसन्धान र अध्ययनको उत्कृष्ट सेन्टर बनाउन चीनले गरेको आर्थिक तथा प्राविधिक सहयोगको प्रशांसा गर्छौँ।'
'समानता र आपसी सम्मानको आधारमा छिमेकी तथा अन्य राष्ट्रहरूसँग सम्बन्ध राख्ने' दाबी गर्दै दाहालले नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिवद्ध रहेको दोहोर्याए। 'चीनको स्वार्थ विरुद्ध हामी हाम्रो भूमि कहिल्यै प्रयोग हुन दिने छैनौँ', दाहालले भने, 'चीन विरोधी गतिविधि रोक्नका लागि हामीले खम्पा विरोधी सहित धेरै अप्रेशन चलाएका छौँ।'
दाहालसँगै रहेका राजदूत महेश मास्केका अनुसार सोमबार साँझ चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका उपसचिव सहितको टिमसँगको भेटवार्तामा नेपाल र सिचुवानबीच सहकार्यको सम्भावनाबारे छलफल भएको थियो। 'चीनले सिचुवानको चेङदुबाटै दक्षिण एसियासँग ब्यापार लगायतको सम्बन्ध विस्तार गर्न खोजिरहेको छ, यहाँबाट जलविद्युत, पर्यटन र कृषिमा नेपाललाई हुनसक्ने सहयोगबारे छलफल भयो', राजदूत मास्केले भने।
दाहालका स्वकीय सचिव चुडामणी खड्काका अनुसार दाहाल सहितको टोलीले बिहान चेङदुको इको एग्रिकल्चर सेन्टर, जलविद्युत परियोजना र सिचुवान भूकम्पपछि पुननिर्माण गरिएको क्षेत्रको अवलोकन गरेको थियो। भ्रमणको तेस्रो दिन मंगलबार मात्र दाहालको टोली राजधानी बेइजिङ पुग्नेछ। त्यहाँ उनले राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खच्याङ सहित शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

0 comments
Write Down Your Responses