गुगलले युट्युब बन्द गर्ने घोषणा,हेर्नुस् भिडियोसहित

भिडियो हेर्न तल क्लिक गर्नुहोस

गुगलका फ्यानहरुलाई अर्को दुखद खबर छ । गुगल रिडर बन्द गर्ने घोषणा गरेको केही हप्ता पछि नै गुगलले हिजो युट्युब बन्द गर्ने घोषणा गरेको छ । युट्युबमा राखिएको भिडियो सन्देशमा युट्युब आफ्नो लक्ष्य भन्दा बाहिर गएकोले बन्द गर्नुपरेको उल्लेख गरिएकोछ ।



आठ वर्ष अघि सन् २००५ मा युट्युब भिडियो कम्पिटिसन साइटको रुपमा सुरु भएको थियो । युट्युब बन्द गरिने घोषणा सँगै ह्याकरहरुको एक समूहले गुगल म्याप ह्याक गरिदिएकाछन् ।

यो आठ वर्षको दौरानमा करोडौँ भिडियोहरु युट्युबमा अपलोड भएका थिए । युट्युबका अनुसार आठ वर्ष अघि सुरु भएको भिडियो कम्पिटिसन हिजो सकिएकोछ । भिडियो कम्पिटिसन सकिएपछि युट्युबको कुनै अर्थ नभएको गुगलले जनाएकोछ ।युट्युबमा ‘पोस्ट’ गरिएका भिडियोहरु मध्येबाट उत्कृष्ट भिडियो छानेर पुरस्कृत गरिने भएकोछ । त्यसका लागि युट्युबले चलचित्र समिक्षक, युट्युब प्रयोगकर्ताहरू, युट्युब सेलिब्रेटिहरु आदि रहेको निर्णायक मण्डलको गठन गरेकोछ । गठन गरिएको निर्णायक टोलीको मुख्य काम भनेको युट्युबले विगत आठ वर्ष देखि सञ्चालन गरेको भिडियो कम्पिटिसनबाट उत्कृष्ट भिडियो छान्नु हो । प्रति मिनेट ७० घन्टा भन्दा बढि भिडियो अपलोड हुने युट्युबमा सबैभन्दा उत्कृष्ट भिडियो छान्नु निर्णायक मण्डलको लागि टाउको दुखाइको विषय बनेकोछ ।

युट्युबमा प्रशारित भिडियो अनुसार आज राती १२ बजेपछि युट्युब बन्द गरिनेछ । करौडौँ भिडियोहरु रहेको युट्युबबाट सबैभन्दा उत्कृष्ट भिडियो छान्नु कुनै चानचुने कुरा होइन । यसर्थ ३० हजार युट्युब टेक्निसियन र निर्णायक मण्डललाई युट्युबका भिडियोहरु हेर्न करिब १० वर्ष लाग्नेछ । १० वर्ष पछि सन् २०२३ मा उत्कृष्ट भिडियो सार्वजनिक युट्युब मार्फत गरिनेछ । अचम्मको कुरा के छ भने, सन् २०२३ मा युट्युबमा एउटा मात्र भिडियो रहनेछ । अर्को कुरा सन् २०२३ मा कसैले युट्युबलाई सम्झिएला र?

मोटामोटि रुपमा ग्याङनाम स्टाइलका साइले युट्युबको भिडियो कम्पिटिसन जित्ने आङ्कलन टेक पण्डितहरुले गरेकाछन् । प्रख्यात टेक्नोलोजी ब्लग टेकक्रन्चका अनुसार गुगलको यो घोषणाले गुगललाई भविष्यमा ठूलो धक्का लाग्नेछ । गुगलका कुनै पनि सर्भिसहरु भरलाग्दा छैनन् भन्ने कुरा युट्युब बन्द गर्ने घोषणाले स्पष्ट पारिदिएकोछ ।कसरि हुदैछ युट्युब बन्द हेरौ भिडियो

उता युट्युब बन्द गर्ने घोषणाले इन्टरनेटमा ठूलै हलचल मच्चाएकोछ । इन्टरनेटका ह्याक्टिभिष्टहरुले गुगलको उक्त कदमको विरोधमा गुगल म्याप्स ह्याक गरिदिएकाछन् । गुगल म्याप्स ह्याक हुँदा गुगलका करोडौँ प्रयोगकर्ताहरुले सास्ति व्यहोर्नु परेकोछ । तपाई गुगल एकाउन्ट चलाउनुहुन्छ भने तुरुन्तै पासवर्ड परिवर्तन गर्नुहोला, साथै मोबाइलबाट गुगल म्याप हटाउन पनि सक्नुहुनेछ ।

ह्याकरको नियन्त्रणमा रहेको गुगलम्यापमा, काठमाडौँ यस्तो देखिन्छ

इन्टरनेट फ्रिडम सोसाइटिले भने गुगलको कदमको विरोधमा हस्ताक्षर अभियान संकलन गरिरहेकोछ । १ करोड व्यक्तिको हस्ताक्षर संकलन आज दिनभरिमा गरेर अमेरिकी राष्ट्रपति कार्यालयमा बुझाएमा युट्युब बन्द हुने सम्भावना टर्ने कुरा अभियन्ताहरु बताउँछन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses