गुणस्तर विभाग नै लुकायो गुणस्तरहीन पानी उत्पादकको सूची
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
६ वैशाख, काठमाण्डौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनको क्रममा २५ पानी कम्पनी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको बताए पनि गुणस्तरहीन पानी उत्पादकको सूची भने लुकाएको छ ।

गुणस्तरहीन पानी उत्पादन गर्ने कम्पनीको नाम लुकाएर विभागले ती कम्पनीहरुको स्वास्थ्यमा हानी गर्नसक्ने पानी बजारमा आउन दिएको छ भने अर्कोतिर जनतालाई कुन पानी पिउने वा नपिउने भनी रणभुल्लमा पारेको छ । यसरी नाम लुकाएर विभागले पानी कम्पनीहरुसँग मोटो रकम असुलिरहेको उपभोक्ता अधिकारकर्मीहरुले आरोप लगाएको खबर कारोबार दैनिकले छापेको छ । मुद्दाको संख्यामात्र उल्लेख गरेर विभागले पानी उत्पादकसँग मोलमलाइमा अनियमितता गरेको उपभोक्ता अधिकारकर्मीको आरोप छ । गुणस्तर कम भएका कम्पनीको सूचना जान्न पाउनु उपभोक्ताको अधिकार भएको उनीहरुको तर्क छ ।
मुद्दा तर्दा भइसकेको अवस्थामा पनि गैरकानुनी काम गर्ने उत्पादकको सूचना लुकाउनुले अनियमितताको पुष्टि गरेको उपभोक्ता हित संरक्षण मञ्च काठमाण्डौंका अध्यक्ष जगन्नाथ मिश्रले बताए । ‘अनुगमनमा जाने कर्मचारीदेखि मुद्दा पक्रियामा संलग्न सबैले बजार अनुगनको नाममा अनियमितता गरिरहेका छन्,’ कानुन व्यवसायीसमेत रहेका उनले भने, ‘बजार अनुगमन भनेको कमाई खाने भाँडोमात्र बनेको छ, वास्तविक उपभोक्ता ठगिने क्रम रोकिएको छैन् ।’

0 comments
Write Down Your Responses