इन्टरनेटमा मारिए बलिउड अभिनेता आयुष्मान खुराना !

भिडियो हेर्न तल क्लिक गर्नुहोस

नयाँदिल्ली, हालैमा रिलिज भएको बलिउड फिल्म ‘नौटंकी साला’का अभिनेता आयुष्मान खुरानाको मृत्यु भएको गलत हल्ला इन्टरनेटमा फैलिएको छ । इन्टरनेटमा आयुष्मानको मृत्यु भएको अफवाहले तीब्र रुप लिएपछि भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ पनि यो हल्ला छाएको एक भारतीय अनलाईन मिडियाले जनाएको छ ।



तर, फिल्म ‘विक्की डोनर’बाट ठूलो पर्दामा उदाएका २८ वर्षीय आयुष्मानको यो हल्ला गलत सावित भएको बताइएको । समाचारका अनुसार आयुष्मानको एक दुर्घटनामा मृत्यु भएको उल्लेख गरिएको थियो ।

भारतीय इन्टरनेट प्रयोगकर्ताहरुमाझ पछिल्लो केहीदिनयता सेलिब्रेटीको मृत्युको गलत खबर छाईरहेको बताइएको छ ।

केहीदिन अघिपनि अभिनेता अजय देवगनलाई ह्रदयघात भएको हल्ला बाहिर आएको थियो । तर, पछि अजयले यस कुराको खण्डन गरेका थिए । त्यस्तै केही समयअघि भारतीय सामाजिक सञ्जाल प्रयोगकर्तामाझ अभिनेता कादर खानको मृत्यु भएको हल्लाले ब्यापकता पाएको थियो ।

यता, नेपालमा पनि सामाजिक सञ्जालमा यसअघि केही व्यक्तिहरु मारिएको भ्रामक हल्लाहरु फैलिएको थियो । तर, पछि ती हल्ला हल्लामै सिमित रहन पुगे । 82 8

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses