बिहेको किनमेल गर्न हिँडेका जेठानको मृत्यु, हुनेवाला बेहुला घाइते

भिडियो हेर्न तल क्लिक गर्नुहोस

मिथिलेश यादव, लहान, चैत ३१- बहिनी ज्वाइँलाई विवाहका लागि सामान किन्न हिँडेका जेठानको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ। फुलकाहाकटी-७ मोतियाहि टोल निवासी अन्दाजी ३० वर्षिय सँजय दाशको पूर्वपश्चिम राजमार्गको चन्द्रअयोध्यानगर कसहा चौकमा भएको मोटरसाईकल दुर्घटनामा घटनस्थलमै मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय गोलबजारका सई शैलेन्द्र गच्छदारका अनुसार, सुखिपुर ६ दहिपौरीका रविन दाश र जेठान सँजय सवार मोटरसाइकललाई ना २ ख ५९४० नम्वरको यात्रु बसले ठक्कर दिँदा सँजयको घटनास्थलमै मृत्यु भएको हो। घाइते रबिनको दाहिने खुट्टा बसको चक्काले किचेको छ। उनलाई लहान अस्पतालमा प्रथमिक उपचारपछि थप उपचारका लागि धरान रेफर गरिएको चिकित्सक डाक्टर अरुण साहले नागरिकन्युजलाई बताए।

प्रहरीका अनुसार वैशाख ४ गते रविनको विवाह मृतक सञ्जयकी बहिनीसँग गर्ने तय गरिएको छ। विवाहका लागि किनमेल गर्न दुवैजना सँगै गोलबजारतर्फ गइरहेको बेला जनकपुरबाट विराटनगरतर्फ गइरहेको बसले ठक्कर दिएर दुर्घटना भएको गोलबजार प्रहरीले जनाएको छ।

Source: nagariknews

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses