घरमा आगलागी हुँदा २ बालबालिकाको मृत्यु

भिडियो हेर्न तल क्लिक गर्नुहोस

गोविन्द केसी, दैलेख, चैत ३१ - घरमा आगलागी हुँदा नौमुले -४ शसि राम्जालीको छोरा र प्रेम बुर्चाको छोरीको शुक्रवार राती मृत्यु भएको छ। एउटै घरमा बस्दै आएका यी परिवार एक्कासि आगोले घर बल्न थालेपछि खेलीरहेका ४ वर्षिय बलबहादुर राम्जाली र ३ वर्षिया छलि बुर्चाको जलेर मृत्यु भएको नौमुले ईलाका प्रहरी कार्यालका प्रमुख तुलसी वलीले जानकारी दिए।

अरु ३ बच्चाहरु आगलागी भैसकेपछि बाहिर आएर ज्यान जोगिएको स्थानीयहरुले जानकारी दिएका छन्।

गम्भीर घाइते भएकी छलिको उपचारका लागि दैलेख सदरमुकामतिर ल्याउदै गर्दा शुक्रवार राती बाटोमै ज्यान गएको नौमुले स्थानीय अगुवा हरिबहादुर राना मगरले बताए। के कारणले घरमा आगजनी भएको नौमुले प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रज्वल महर्जनले जानकारी दिए।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses