झम्सीखेलमा सिसी क्यामरा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

चैत ३१ – नयाँ वर्षमा आपराधिक गतिविधि नियन्त्रण गर्न ललितपुरको झम्सीखेल क्षेत्रमा सिसी क्यामरा जडान गरिने भएको छ । नयाँ वर्षमा बढी भिडभाड हुने र आपराधिक गतिविधि हुनसक्ने भएकाले नियन्त्रणका लागि प्रहरी, व्यवसायी र स्थानीय बासिन्दाको समन्वयमा झम्सीखेलमा सिसी क्यामरा जडान गर्ने तयारी भएको छ ।



झम्सीखेलमा होटल रेष्टुरेन्टहरु धेरै रहेकाले नयाँवर्षको पूर्वसन्ध्यामा हुने कार्यक्रममा सुरक्षाका लागि आसपासका क्षेत्रमा ७/८ वटा सिसी क्यामरा जडान गरिने प्रहरीले जनाएको छ । शनिबार बेलुकासम्म सिसी क्यामरा जडान गरिने ललितपुर प्रहरीका प्रवक्ता रामदत्त जोशीले जानकारी दिनुभयो ।

नयाँवर्षका लागि मात्रै जडान गर्न लागिएको र पुरै ललितपुरको बजार, व्यापार व्यवसाय हुने ठाउँमा सुरक्षाका लागि स्थायी रुपमै सिसी क्यामरा जडान गर्न पहल भइरहेको उहाँको भनाई छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses