दीपक मनाङेले भने-’डन होइन माननीय भन्नुस्’
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
६ वैशाख, काठमाण्डौं । काठमाण्डौंका चर्चित डन दीपक मनाङेको रवाफ बिहीबार उनले गरेको पत्रकार सम्मेलनमा कुनै नेता-मन्त्रीको भन्दाकम थिएन । संघीय लोतान्त्रिक राष्ट्रिय पार्टीको व्यानर पृष्ठभूमिमा थियो भने दायाँबायाँ थिए सो पार्टीका नेता र गुन्डागर्दीमा संलग्न उनका सहयोगी ।

मनाङेले आफूलाई पार्टीको उपाध्यक्षका रुपमा चिनाए । पत्रकार सम्मेलनमा कालो सुट र कालै चस्मामा ठाँटिएका उनी नेताकै पारामा पत्रकारसँग प्रस्तुत भएका थिए । मनाङले आफू डनबाट माननीय बन्न आतुर रहेको बताए ।
मनाङेले आफू समानुपातिकतर्फबाट सभासद् बन्ने योजनामा रहेको र पार्टी अध्यक्षलाई त्यसमा मनाइरहेको बताए । ‘तपाईहरुले डन होइन माननीय भनेको सुन्न चाहन्छु,’ पत्रकार सम्मेलनमा मनाङले भने । उनले आफूलाई प्रहरीले धेरै दुःख दिएको पनि गुनासो गरेको नयाँ पत्रिकामा खबर छ ।

0 comments
Write Down Your Responses