टीकाटालो गरेर केटा फरार भएको भन्दै पूर्वी चितवनको राजमार्ग बन्द,सवारीसाधन र यात्रु बीच बाटामै अलपत्र

भिडियो हेर्न तल क्लिक गर्नुहोस

चितवन, वैशाख ६- विवाहको टीकाटालो गरेर केटा पक्ष फरार भएको भन्दै पूर्वी चितवनको रत्ननगर-८ पर्सौनीस्थित केटी पक्ष र स्थानीयवासीले केटा झिकाउनुपर्ने माग गर्दै आज पूर्वपश्चिम राजमार्गअर्न्तगत रत्ननगरको बकुल्लहरमा दुई घन्टा सडक अवरुद्ध गरेका छन्।



एक्कासि सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु भने बीच बाटामै अलपत्रमा परेका छन्। अपराह्न १ बजेदेखि बन्द रहेको राजमार्ग प्रहरीले बल प्रयोग गरी २:३० बजे खुलाएको थियो। सो क्रममा बन्दकर्ता र प्रहरीबीच झडप हुँदा केही सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

रत्ननगर-३ वेल्सी निवासी सुजन खनालले रत्ननगर-८ पर्साैनी बस्ने निशा ढकालसँग विवाहका लागि गत फागुन ३० गते टीकाटालो गरेका थिए। यही वैशाख ११ गते विवाह गर्ने दिन तोकिए पनि केटा बिनाकारण सम्पर्क बाहिर रहेपछि आक्रोशित केटी पक्षले सडक अवरुद्ध गरेका हुन्।

केटालाई झिकाउनुपर्ने माग गर्दै केटी पक्षले नाराबाजी गर्दै इलाका प्रहरी कार्यालयसमेत घेराउ गरेका थिए। टीकाटालो गरेको दुई दिनपछि स्वयम् केटाले केटीलाई फोन गरेर "त्यो केटा अरु नै केटी लिएर भाग्यो, अब तिमी आफ्नो सुर गर" भनेर फोनसमेत गरेको केटीका काका रामबाबुले बताए। रासस

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses