राजमार्ग मिचेर बनाइएका होटल डोजर लगाएर भत्काइयो

भिडियो हेर्न तल क्लिक गर्नुहोस

नवलपरासी, ६ वैशाख। पूर्व–पश्चिम राजमार्ग अतिक्रमण गरी नवलपरासीको दाउन्नेमा बनाइएका ९८ वटा होटल डोजर लगाएर भत्काइएको छ। नवलपरासीको सुनवलदेखि गैँडाकोटसम्म सडक अतिक्रमण गरी बनाइएका घरटहरा वैशाख मसान्तसम्म हटाउने अभियानअन्तर्गत बुधबार त्यहाँ निर्माण गरिएका संरचना हटाइएको हो।



सडकदेखि ८२ फिटभित्र पर्ने भौतिक संरचनाहरु हटाउने क्रममा दाउन्ने मन्दिरको प्रवेशद्वारसमेत भत्काइएको छ। धार्मिक तथा पर्यटकीयस्थलका रुपमा चिनिएको दाउन्नेमा मन्दिर प्रवेशद्वार भत्काइएपछि भक्तजनलाई मन्दिर प्रवेश गर्न समस्या भएको दाउन्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रबहादुर गुरुङले बताउनुभयो ।



यसैबीच सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइएपछि विस्थापित भएका व्यवसायीहरुले एकतर्फीरुपमा घर तथा टहरा भत्काएको भन्दै आपत्ति जनाएका छन्। आफूहरु सडक मिचेर बस्न नचाहेको भन्दै तर घर टहरा भत्काउन केही समय माग गरेकोमा प्रशासनले बेवास्ता गर्दै जबर्जस्ती भत्काएको उनीहरुको गुनासो रहेको छ। रासस

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses