महिलाको नागरिकतामा पुरुषको नाम !

भिडियो हेर्न तल क्लिक गर्नुहोस

चैत्र १९ - जिल्ला प्रशासन कार्यालयको लापरबाहीले एक युवतीको नागरिकतामा पुरुष उल्लेख हुनुका साथै जन्ममितिसमेत गलत लेखिँदा उनले हैरानी पाएकी छन् ।



चैत ११ गते विवरण गरिएको नागरिकतामा पोखरीभञ्ज्याङ ३ की २३ बर्षकी पुजा विश्वकर्मालाई कम्प्युटरबाट निकालेर प्रदान गरिएको नागरिकता पुरुष र जन्ममितिमा २०६५ साल उल्लेख गरिएको छ । शाखा अधिकृत पदम लामिछानेले नागरिकता जारी गरेका थिए ।

नागरिकता फाँटका कम्प्युटर अपरेटर तेजनारायण तिवारी बिदामा बसेका बेला कार्यालयका अर्का कर्मचारीलाई कम्प्युटरमा खटाईदा त्रुटि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए । कार्यालयले त्रुटि भएको विश्वकर्माको नागरिकता सच्याएर आइबार अर्को दिएको कान्तिपुर दैनिकको समाचारलाई अनलाइन खबरले छापेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses