ज्ञानेन्द्रसँग सहकार्य गर्न सकिन्छ: वैद्य
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
हेटौँडा, साउन ७- नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले राष्ट्रियताको आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्रसँग पनि सहकार्य गर्न सकिने बताएका छन् । अध्यक्ष वैद्यले मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डतालाई बचाउन पूर्वराजासहितका राष्ट्रवादी शक्तिहरूसँग सहकार्य गर्न अपरिहार्य रहेको स्पष्ट पारे।
क्रान्तिकारी पत्रकार महासंघले सोमबार हेटौंडामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले स्वाधीनता र देशभित्र बाह्य शक्तिको बढ्दो चलखेललाई निस्तेज पार्न पूर्वराजासँग सहकार्य गर्ने भनिए पनि नेकपा-माओवादीले गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयताको मूल्यमान्यतामा कुनै सम्झौता नगर्ने बताए। उनले भने, ‘राष्ट्रियताको आन्दोलनमा पूर्व राजा आएपनि केही फरक पर्दैन ।तर, नेकपा-माओवादीले गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयताको मूल्यमान्यतामा कुनै सम्झौता भने गर्दैन ।

0 comments
Write Down Your Responses