परिक्षामा फेल भऐको भन्दै १३ वर्षिय बालिकाले गरिन् झुन्डिएर आत्महत्या

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२४ साउन,इटहरी। कक्षा ८ को प्रथम त्रैमासिक परिक्षमा फेल भएपछि सुनसरीकि एक बालिकाले आत्महत्या गरेकी छिन्। इटहरी -५ की १३ वर्षिय बालिका प्रियंका कार्कीले आत्महत्या गरेकी हुन्।



परिक्षामा फेल भएको मार्कसिट घरमा बोकेर आएकी प्रियंकाले आत्महत्या गर्नुको कारण मार्कसिटमै लेखेकी छिन। लिटल फ्लावर्स बोर्डिङ स्कुला पढ्दै गरेकी प्रियंका विद्यालयले दिएको मार्कसिट कोठामै राखेर सोही मार्कसिटमा ‘आई एम सरी मम एन्ड फादर’ लेखी आत्महत्या गरेकी थिइन् । उनले आत्महत्या गर्न कोठामा भएको मुढालाई पलङमाथि राखेर घाँटीमा डोरी बाँधेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विद्यानन्द माझीले जानकारी दिएको आजको राजधानी दैनिकले लेखेको छ। , ।

परीक्षामा पाएको असफलता नै आत्महत्याको मुख्य कारण रहेको अनुसन्धानले देखाएको डीएसपी माझीको भनाइ छ । सोही विद्यालयमा आफैसँग पढ्ने भाइ उत्तीर्ण भएको तर आफूचाहिँ अनुत्तीर्ण भएपछि विद्यालयमा रहँदादेखि नै निकै चिन्तामा रहेकी थिइन् ।

पढाइमा कमजोर रहेकी कार्कीले आत्महत्या गर्नकै लागि निकै भोक लागेको छ भनेर भाइलाई नजिकैको पसलमा चाउचाउ किन्न पठाएकी थिइन् । भाइ चाउचाउ किन्न गएलगत्तै ढोकामा चुकुल लगाएर विद्यालयकै पोसाकमा आत्महत्या गरेको प्रहरीले बताएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses