पहाड फोरेर निस्कियो शिव लिङ्ग, घेरे नागले.
भारतको हिमाञ्चल प्रदेशको राजधानी शिमलाको नजिकै बलदेहरा र नालदेहरा नजिकैको पहाड ब्लाष्ट गरेर सडक निर्माणको कार्य भइरहेको अवस्थामा पहाड फोरेर शिवलिङ्ग बाहिर निक्सिएपछी निकै हल्लाखल्ला नै मच्चिएको थियो ।

शिवलिङ्ग निस्किएपछि शिवलिङ्गलाई सयौ सर्पहरूले घेरेका थिए । उक्त समयदेखि नै त्यो ठाऊँलाइ शिव गुफाको नामबाट चिन्न थालिएको छ । शिवलिङ्ग निस्किएको उक्त ठाऊँमा शिव गुफाको नाममा एक मन्दिर समेत निर्माण गरिएको थियो ।
हिमाञ्चल प्रदेश देवी देउताका लागि पहिले देखी नै निकै चर्चित छ । हिन्दू धर्मका प्राय सबै देवी देउताको अनेकन कथाहरू यहाँ अझै पनि चर्चाको विषय हुने गर्छ । सायद यसै कारण त्यहाँ केही न केही चमत्कार भइरहेकै हुन् ।

शिव गुफाको यो घटनालाई पनि एक चमत्कारकै रूपमा लिने गरिन्छ । यो गुफाभित्र हेर्ने बित्तिकै शेष नागको आकार देखिन्छ साथै गणेश भगवानको आकृती पनि देखीन्छ । मानिसले हातले नै खोपेर बनाएको आकारमा गणेशको आकार ढुङ्गाहरूमा देखिन्छ ।
source : nepaliheadlines
0 comments
Write Down Your Responses