Entertainment
»
‘एकरात पोईला गा’को पनि त्यत्रो डाह ?’ : महिला अधिकारको दुरुपयोग
‘एकरात पोईला गा’को पनि त्यत्रो डाह ?’ : महिला अधिकारको दुरुपयोग
प्रेम सुनार, गुल्मी । गुल्मी ईस्माकी अस्मीता (नाम परिवर्तन) घरबाट कसैलाई पत्तो नदिई दूधे बालक छाडेर हिडेको ९ महिनापछि घर फर्केकी छन् । श्रीमान् विदेशबाट घर आएको पनि ७ महिना भयो ।
श्रीमति पोईला गा’को खबर सुनेपछि भिसा नसकिदै घर फर्केका उनी छोरा छोरीको विचल्ली देखेपछि अर्को विवाह गर्न बाध्य भए । विवाह गरेको के थाहा पाएकी थिईन् उनकी पूर्व पत्नी ९ महिनापछि फर्केर भन्दै छिन् मलाई घर भित्राउछस् कि बहु विवाहको मुद्धा दि०ूँ ?
उनी फोनै फोनको भरमा सुदूर पश्मिाञ्चलको मान्छेसँग पोइला गएको कुरा छिमेकी सारालाई थाह छ । उनी हिडेपछि घरका ती दूधे बालक रोएर सताएपछि परिवारले जहाँ छस् फर्केर आइजा भनेर फोनबाट बोलाउँदा म उसित गएँ, फर्केर आउन्नँ भन्दै चुनौति दिएको सबैले सुनेका थिए ।
९ महिनासम्म त्यो पुरुषसँग कहिले बुटवल त कहिले काठमाण्डौ सयल गरेपछि धनगढी पुगेकी उनलाई सौताले लुछेपछि रुदै फर्किएको श्रोतले बताएको छ । अहिले आएर सती सावित्री बन्दै भन्ने गरेकी छन् –‘बिरामी परेर बुटवल दिदीकहाँ बसेकी थिएँ, अरु महिला पोईला गएर पनि फेरि पुरानो लोग्नेले स्वीकार गर्छन् र त भ’को छ म जाबो दुई चार महिना दिदीको घरमा बस्दा पनि अनेक कुरा काट्ने ?’
उनको यो कुरा सुन्दा एक प्रत्यक्षदर्शीले भने - `फेरि मलाई झट्ट पुरानो कुरा याद आयो । एउटी महिला उनी जस्तै सौतामाथि पोईल गा’की थिईन् । अघिल्लो दिन पोईला गा’की उनलाई सौताले लुछेपछि अर्को दिन पुर्व पति कहा फर्केर आईन् । मेलापात पधेरोमा छिमेकी महिलाहरुले गिल्ली गर्न थाले । भने –‘कस्ती लाज नभएकी नकटी होली, पोईला गएर पनि फेरि फर्केर उही पुरानो लोग्नेसित आउने, छि: लाज नभा’की नकटी…।’
त्यो सुनेपछि ती महिलाको कन्चट तात्यो । के भनु के भनु जस्तो लाग्यो र प्याच्च भनिन्– ‘बिना स्वादैको मान्छे सधैका लागि पोईला जान्छन् र त केही हुन्न म जावो एक रात पोईला गा’को पनि त्यत्रो डाह…’ ठीक त्यस्तै ईस्माकी ती महिलालाई पनि के को दोष ? मान्छे पोईला गएर उता एक सन्तान जन्माएर पनि पूर्व पतिसँग सम्वन्ध विच्छेद गर्न र लाखौ रुपैयाँ गोजी भराई माग्न लजाउँदैनन् भने उनी त न पेटमा न साथमा ।
जावो आठ नौं महिना, त्यो श्रीमानको सट्टामा अर्मपर्म त हिडेकी थिइन्, विचरीलाई गाउँका कुरौटेहरुले त्यसै कुरा काट्ने । खै प्रमाण उनी पोईला गा’को ? न प्रमाण कागजमा देखिने न त शरीरमा । उनी आउन् त मात्रै अधिकारकर्मीहरुको शरणमा र्याखर्याखी पार्ने छन् ती कुरौटेहरुलाई ।
उनीहरुले बुझे कै छैनन् अहिलेको महिला अधिकार कि कसो ? लौ है तिमी पीडित पुरुष उतै गाउँमा उनले जे चाहन्छिन् त्यही मान । प्रहरी प्रशासन र अदालततिर धाइन् भने कि तिमी बहु विवाहमा जेल, कि त लाखौ रुपैयाँको गोजी भराईमा पर्ने छौ । ख्याल गर है दुरुपयोग भई रहेको छ महिला अधिकार यति बेला ।
0 comments
Write Down Your Responses