विश्वमा सबैभन्दा कम तापमान भएको स्थान पत्ता लाग्यो (भिडियो सहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
काठमाडौं, मंसिर २५ । अमेरिकी वैज्ञानिकहरुको एक टोलीले विश्वमा सबैभन्दा कम तापमान भएको स्थान पत्ता लगाएको छ । एक उपग्रहमार्फत पत्ता लगाएको उक्त क्षेत्रको तापमान माइनस १ सय ३५ दशमलव ८ डिग्री फरेनहाइट मापन गरिएको छ ।
अमेरिकाको कोलोराडो विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार अन्र्टाटिकाको बीच भागमा विश्वकै कम तापमान भएको पत्ता लागेको हो ।
यसअघि विश्वकै न्यूनतम तापमान भएको स्थान अन्र्टाटिकाको छेउको भाग भनिएको थियो ।
सन् १९८३ मा त्यहाँको तापमान माइनस ८९ दशमलव २ डिग्री फरेनहाइट मापन गरिएको थियो । १९औं शताब्दीयता अन्र्टाटिकालाई विश्वका थुप्रैं राष्ट्रले आफनो भू–भाग भएको दावी गर्दै आएका छन् ।
source : imagekhabar
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses