रौतहटमा श्रीमान लिन जाँदा श्रीमतीद्वारा आत्महत्या
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
घर लैजानका लागि श्रीमान लिन आउँदा माइतमा बस्दै आएकी एक महिलाले रौतहटमा आत्महत्या गरेकी छिन् ।
विवाह भएको सात महिनापछि घर भित्र्याउन आइतबार साँझ श्रीमान माइत बस्दै आएकी श्रीमती लिन गएका थिए ।
विवाह भएपछि केही महिनाका लागि श्रीमानले श्रीमतीलाई माइती छाड्ने र पछि घर भित्राउने (गौना) चलन तराइको मधेसी समुदायमा रहेको छ ।
विवाहपछि माइती छाडेर गएपछि सोमबार घर भित्र्याउने तयारीअनुसार ससुराली पुगेका श्रीमान्लाई देखेर भेडियाही गाविस–५ की उर्मिला देवीले राति घरमै विषसेवन गरी आत्महत्या गरेको बताइएको छ ।
गत वैशाखमा गौर नगरपालिका–६ टिकुलिया टोलका गणेश ठाकुरको २० वर्षीय छोरा लालबाबु ठाकुरसँग उनको विवाह भएको थियो । घटना रहस्यमय रहेको भन्दै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses