Amazing News
»
सँगै बाँच्ने कसम खान ज्यानकै बाजी, डरलाग्दा चट्टानमाथि रहरलाग्दो बिबाह
सँगै बाँच्ने कसम खान ज्यानकै बाजी, डरलाग्दा चट्टानमाथि रहरलाग्दो बिबाह
आजकल मानिसहरुमा अनौठो तरिकाले बिबाह गर्ने क्रम खुवै बढेको छ । फेसनको रुपमा बिकाश भइरहेको यो ट्रेन्डमा हालै एक नयाँ मोड आयो जव क्यालिफोर्नियाको डरलाग्दो रक क्लाइम्बिङमा पुगेर एक जोडीले निकै जोखिम मोलेर बिबाह सम्पन्न गरे ।

योसमिते राष्ट्रिय निकुञ्जको भिमकाय र डलरलाग्दो चट्टानमा एक जोडी पुगेर अंगालो मारे, चुम्बन गरे र बिबाह गरे । सेतो गाउनमा सजिएकी बेहुली र कालो सुटमा सजिएका बेहुला ३ हजार फिटमाथि टाँगिएको डोरीमा झुण्डिदै बिबाहका लागि तय गरिएको विशाल चट्टानमाथि पुगे । त्यहाँ उनीहरुले बिभिन्न पोज दिए, जसलाई कैद गर्न फेाटोग्राफर बेन हटन तयार थिए ।
खासमा हटनले अनौठो तरिकाले बिबाह गर्ने प्रचलनका बिषयमा तयार पार्न लागिएको एक पुस्तकका लागि यो फोटो खिचेका थिए । यसै मेलोमा उनले भेटेको यो जोडी डरलाग्दा चट्टानको यात्रा गरेर बिबाह गर्न राजी भयो ।-डेलिमेलबाट
0 comments
Write Down Your Responses