साउदीमा गैरकानुनी नेपालीले जेल बस्न नपर्ने
कतार, २६ कात्तिक । साउदी अरबको स्थानीय प्रशासनले घर फिर्न नपाएका गैरकानुनी नेपाली कामदारको लागि जेल नबसी नेपाल पठाउने व्यवस्था गरेको छ । यसको लागि आउदो आइतबारबाट नेपाली दुतबासले रियाद सम्पर्क गर्न सकिनेछ ।
दुताबासले स्थानीय अध्यागमन बिभाग (जवाजत)सँग समुन्वय गरी यस्तो ब्यबस्था मिलाएको हो । दुताबासले दैनिक सय जनाको दरले उनीहरुको आबश्यक छानबिन गरी एक्जिट भिसा लगाउने प्रक्रिया सुरु गर्नेछ । ‘दुताबासले निश्चित ठाँउ भेला गराई सवारी साधानको प्रबन्ध गरी डिपोर्टटेशन सेन्टरमा लैजानेछ । त्यहा आबश्यक प्रक्रिया पुरा गरी जेलमा नराखी सिधै स्वदेश पठाइने ब्यबस्था गरिएको छ’, राजदुत उदयराज पाण्डेले भने, ‘यो काम आउदो आइतबारबाट लागु हुनेछ ।’
दुताबासमा आममाफीमा जान नपाएका दुई सय जना नेपाली दर्ता गरेका छन् । जेद्दामा ३३ जना छन् । ‘रियाद र जेद्दामा रहेका गैरकानुनी कामदारलाई जेल नबसी घर जान पाउने गरी ब्यबस्था मिलाएको छ’, राजदुत पाण्डेले भने, ‘दमाममा पक्राउ परेको एकसय ५० जनालाई किलिएर गर्नुपर्ने भएकोले अर्को बिकल्पको बिषयमा छलफल भइसकेको छैन ।’
साउदीको राजधानी रियादस्थित नेपाली दुताबास १५ किमी दुरीमा रहेको ‘हरज’ भन्ने खुल्ला स्थानमा आत्मसमर्पण गर्नको लागि गैरकानुनी कामदारको लागि भेला हुने छुट्टाएको हो । ‘गैरकानुनी हैसियत भएका कामदारका लागि भेला हुन हरज भन्ने खुल्ला पार्क छुट्टाएको छ । त्यहबाट प्रहरीले लिएर जान्छ । आबश्यक प्रक्रिया पुरा गरी केही दिन जेलमा राखी स्वदेश पठाइदिनेछ’, पाण्डेले भने, ‘त्यहाँ जानेले टिकटको ब्यबस्था गर्नुपर्छ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।
0 comments
Write Down Your Responses