National News
»
सिपाहीलाई गोडा धुन लगाएकोमा लोकमान सिंह कार्कीविरुद्ध सर्वोच्चमा निवेदन
सिपाहीलाई गोडा धुन लगाएकोमा लोकमान सिंह कार्कीविरुद्ध सर्वोच्चमा निवेदन
३ कात्तिक, काठमाडौं । पदीय दुरुपयोग गरी प्रहरीबाट गोडा धुवाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ । गोरखाको गोरखकाली मन्दिर दर्शनका क्रममा गोडामा रगत लागेपछि लोकमानले सिपाहीलाई धुन लगाउनु भएको थियो ।

पत्रकार बाबुराम आचार्य र पर्वतराज घिमिरेले आइतबार सर्वोच्चमा निवेदन दिनु भएको हो । यद्यपि रिट अध्ययनकै क्रममा रहेकाले दर्ता भइसकेको छैन ।
राष्ट्र तथा जनताको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई आफ्नो पद दुरुपयोग गरी व्यक्तिगत रुपमा गोडा धुन लगाउनु सम्पूर्ण नेपाली र प्रहरीको अपमान भएको रिटमा उल्लेख छ । उक्त कार्यले प्रहरी ऐन, संविधानले दिएको मौलिक हक समेत कुठाराघात गरेको भन्दै रिटमा यस्ता काम नगर्न/नगराउन अन्तरिम आदेशको माग गरिएको छ । साथै लोकमानलाई निलम्बनसहित हदैसम्मको कारबाही गर्न समेत माग गरिएको छ ।
बडादसैंको अष्टमीका दिन अख्तियार प्रमुख लोकमान परिवारसहित मनकामना र गोरखकाली मन्दिर पुग्नु भएको थियो । जतिबेला मन्दिरमा चढाइएको वलीका कारण मन्दिर प्राङ्गण रगताम्मे जस्तै थियो । पूजा अर्चनापछि फर्कने क्रममा गोडामा रगत लागेपछि लोकमानले धुन पानी खोज्नु भएको थियो । लगतैसंगै रहेका डीएसपीको आदेशमा एक सिपाहीले वाल्टिनमा ल्याएको पानीले उनको गोडामा लागेको रगत पखालिदिएका थिए ।
0 comments
Write Down Your Responses