भिडियो हेर्न तल क्लिक गर्नुहोस |
अकस्मात ट्वाइलेटमा खसेको स्वयंवरको औँठी निकाल्न खोज्दा एक चिनिया पुरुषलाई पर्नु आपत परेको छ । स्वयंवरको औँठी हराउँदा श्रीमती रिसाउलिन् भन्ने डरले औँठी टिप्न ट्वाइलेटभित्र हात हालेका झांग नामका ती पुरुषको हात अडि्कएपछि उनलाई उद्धारकर्मी नै बोलाएर उद्धार गर्नुपर्यो । औँठी निकाल्ने प्रयासमा ट्वाइलेटको पाइपमा उनले हात त छिराए तर कमोट मुनिको यु आकारको पाइपमा उनको हात अडि्कयो र उनले जति तान्दा पनि हात बाहिर निकिस्एन । चीनको फुजियान प्रान्तस्थित क्वान्झोउमा यो घटना भएको हो । उनले गुहार मागेपछि छिमेकीले उद्धारकर्मी बोलाए र उद्धारकर्मीले पाइप काटेर नै उनलाई मुक्त गराए ।
विचरा ती व्यक्तिले आफुले काम गर्ने कारखानाको बाथरुममा नुहाउने क्रममा ट्वाइलेटभित्र औँठी खसालेका रहेछन् । उनको हात अडि्कएपछि उद्धारकर्मीले मुक्त त गराइदिए तर उनको औँठी भने भेटिएन । स्मरण रहोस् चीनमा ट्वाइलेटमा अंग अडि्कने यस्ता घटना भैरहन्छन् । यो महिनाको सुरुमा ग्वान्झाउमा एक ३ वर्षे बालकले ट्वाइलेटमा आफ्नो खुट्टा अड्काएपछि उद्धारकर्मीले ट्वाइलेट फुटाएर उनको खुट्टा निकालिदिएका थिए ।
भिडियोसहित हेर्नुहोस
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses