त्रिभुवन विमानस्थल कालोसूचीमा पर्ने खतरा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाण्डौं, कार्तिक ९, विमान कम्पनी र तिनको नियमक निकायले यात्रुको सुरक्षामा पर्याप्त ध्यान नदिएका कारण मुलुकको उडान क्षेत्र युरोपेली युनियनको कालोसूचीमा पर्ने खतरा बढेको छ । नागरिक उड्डयन प्राधिकरण तथा विमान कम्पनीले लापरबाही गरेको भन्दै युरोपियन युनियनले उक्त चेतावनी सहितको पत्र पठाएको छ । युनियनले गत सेप्टेम्बर अन्तिममा चेतावनीसहितको पत्र प्राधिकरणलाई पठाएको बताइएको छ ।



कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार हवाई सुरक्षामा विश्वास गर्न सक्ने आधार देखेनौं,’ भन्दै युनियनले प्राधिकरणलाई चेतावनी दिएको हो । युनियनले देश वा कुनै एक कम्पनीलाई निषेध गर्न सक्छ । देशलाई नै कालोसूचीमा राखिए यहाँका सबै कम्पनीले युरोपियन युनियन भित्रका देशमा उडान भर्न पाउने छैनन् । उक्त खतराबाट टार्न अब नेपाली अधिकारीहरुले सुरक्षाको पर्याप्त तयारी रहेको देखाउनु पर्नेछ । प्राधिकरण स्रोतका अनुसार आगामी नोभेम्बरको तेस्रो साता युनियनको ‘हवाई सुरक्षा कमिटी’ बैठकमा प्राधिकरणका महानिर्देशक तथा सबै आन्तरिक विमान कम्पनीका प्रतिनिधिहरुले उनीहरुको शंका मेटाउन सक्नुपर्ने कुरा समाचारमा उल्ल्ख गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses