प्रचण्डलाई रोक्न रुख तेर्साइयो
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
उदयपुर, ९ कात्तिक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यक्रमलाई उदयपुर बन्दको आह्वान गरेको छ ।
निर्वाचनको विरोधमा रहेका ३३ दलीय मोर्चाले मोर्चाले उदयपुर बन्दको आह्वन गर्दै विभिन्न ठाउँमा रुख ढालेर बाटो अवरुद्ध पारेका छन् । अवरोधका लागि ढालिएका रुखहरु हटाई बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
आज उदयपुरको क्षेत्र नं. १ को बेलटार बजारमा हुने सभालाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । केही समय यता मोर्चाले प्रचण्डको कार्यक्रमलाई असफल पार्न कार्यक्रम हुने जिल्ला बन्द गर्दै आएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses