National News
»
निर्वाचन भाँड्न जता ततै आक्रमण नै आक्रमण, सुरक्षामा चुनौती
निर्वाचन भाँड्न जता ततै आक्रमण नै आक्रमण, सुरक्षामा चुनौती
काठमाडौं, ९ कात्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार सिरहामा सहभागी हुने भनिएको आमसभास्थलमा सकेट बम फेला परेको छ । दाहालले उम्मेदवारी दिएको सिरहा क्षेत्र नं। ५ को जमदह–४ गाउँमा चुनावी कार्यक्रम गर्ने ठाउँमा सो बम फेला परेको हो ।

नेपाली सेनाको डिस्पोजल टोलीले सो सकेट बम डिस्पोज गरेपछि मात्रै कार्यक्रम सम्भव भएको थियो । तराईको सशस्त्र भूमिगत संगठन मधेस राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारीका अध्यक्ष बताउने रणवीर सिंहले सिरहाका सञ्चारकर्मीलाई टेलिफोन गरेर सो बम आफ्ना कार्यकर्ताले राखेको भन्दै जिम्मेवारी लिएका छन् ।
नेकपा एमालेका सचिव शंकर पोखरेल चढेको गाडीमाथि दाङको तुलसीपुरमा नेकपा माओवादीका कार्यकर्ताले तोडफोड गरेका छन् । तुलसीपुरको नयाँ बसपार्कमा आयोजित कार्यक्रम स्थलमै उनीहरूले गाडी तोडफोड गरेका हुन्। राजधानी दैनिकमा समाचार छ । सभालाई बिथोल्न तिलक योगीको नेतृत्वमा आएका करिब एक दर्जन माओवादी कार्यकर्ताले पोखरेल सवार ना२च २७३४ नम्बर र कार्यकर्ता सवार रा१ज २७६ नम्बरको जिपमा तोडफोड गरेका हुन् ।
ताप्लेजुङ क्षेत्र नं। १ का एमाओवादी उम्मेदवार सन्चपाल मादेनमाथि नेकपा माओवादी र संघीय लिम्बुवानका कार्यकर्ताले प्रहरीकै हतियार खोसेर आक्रमण गरे । शुक्रबार बिहान ३ बजे जिल्लाको मेले गाविस–२ मा सुरक्षामा रहेका प्रहरीहरूको हतियार खोसी आक्रमण गर्दा सुतिरहेका उम्मेदवार मादेनसहित तीन कार्यकर्ता गम्भीर घाइते बनेका छन् । संविधानसभाको निर्वाचन नजिकिँदै गर्दा मुलुकभर उम्मेदवारहरूको सुरक्षा चुनौती बढेको छ ।
ठूला राजनीतिक दलहरूको चुनावी कार्यक्रम प्रभावित गर्ने गरी आक्रमण, तोडफोड तथा बन्दजस्ता कार्यक्रम हुन थालेको छ । शुक्रबार एमाओवादी अध्यक्ष दाहालको कार्यक्रम बिथोल्न नेकपा माओवादीले त्यहाँ सडक अवरोध गर्नुका साथै सिरहा बन्दको आयोजना गरेको थियो ।
0 comments
Write Down Your Responses