National News
»
खासा लैजाँदै गरेका तीन किशोरीको उद्धार, दलाल पक्राउ
खासा लैजाँदै गरेका तीन किशोरीको उद्धार, दलाल पक्राउ
चौतारा, भाद्र १ - जागिर पाउने प्रलोभनमा परेर अर्काको नागरिकतामा फोटो टाँसेर खासा जाँदै गरेका तीन किशोरीलाई सीमा प्रहरी चौकी कोदारी र माइती नेपालले उद्धार गरेको छ । खासाको रेस्टुरेन्टमा काम लगाउने भन्दै किशोरी लैजाने एक युवक बिहीबार पक्राउ परेका छन् । बाह्रविसेमा मासिक २५ हजारको जागिर लगाउने ग्यारेन्टी गरेर किशोरीलाई राजधानीबाट लगिएको थियो ।

प्रहरी निरीक्षक मनोज लामाका अनुसार किशोरी लैजाने समूहमध्येको मार्मिन ७ का २१ वषर्ीय फूर्वा तामाङलाई पक्राउ गरिएको छ । समूहका अन्य सदस्य भागेको जानकारी प्रहरीले दिएको छ । केटाको नामको नागरिकतामा किशोरीको फोटो टाँसेर सीमा पार गराउन खोजिएको थियो । मितेरी पुल पार गर्न चिनियाँ अध्यागमनले नागरिकताको प्रमाणपत्र खोज्ने गर्छ ।
झापा, धादिङ र काठमाडौं घर बताउने किशोरीहरू तीनै जना १६-१७ वर्षका छन् । बाह्रविसे ल्याएपछि उनीहरूलाई तातोपानी नुहाएर खासा घुमाउन लैजाने भन्दै मितेरी पुल पुर्याइएको थियो । उनीहरू अहिले इलाका प्रहरी कार्यालय बाह्रविसेको नियन्त्रणमा छन् । २-३ वर्षयता नेपाली किशेारीलाई जागिर लगाइदिने भन्दै खासाको रेस्टुरेन्टमा यौन धन्दामा लगाउने गरिन्छ ।ekantipur
0 comments
Write Down Your Responses