अस्मिता बस्नेत छिमेकीको अंगालोमा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौ– एउटा बयस्क युवतिका लागी लोग्ने मान्छेको अंगालो कति प्रिय हुन्छ होला ? अबिबाहितहरुले यसको जवाफ दिन नसक्लान् तर, बिबाह गरेकाहरुले पक्कै दिन्छन् । झन पछिल्लो समय त घरका लोग्नेको आँखाकान छलेर छिमेकीको अंगालोमा रमाउने चलन समेत बढेको छ गाउँदेखी शहरसम्म । निर्देशक डब्बु क्षेत्रीले निर्माण गरेको चलचित्र ‘राहदानी’मा यस्तै प्रसंग समेटिएको छ ।



उनको भनाई अनुसार यस फिल्ममा लोग्ने विदेश गएपछि नेपालमा बसेको तरुनी श्रीमतिका पिडालाई सहायक कथाको रुपमा प्रस्तुत गरिएको छ । लोग्ने कमाउनका लागी विदेश जान्छन् । कमाउछन् अनि घर र श्रीमति सम्झदै नियमित पैसा पठाउछन् । तर, त्यहि पैसा घरवार बिग्रने कारण बन्छ ।यस चलचित्रमा अस्मिता बस्नेत र केशब घिमिरे रोमान्टिक जोडीका रुपमा प्रस्तुत भएका छन् । श्रीमान विदेश गएपछि योनको भोकमा परेकी युवतिको चरित्र निर्वाह गरेकी छिन् उनले । फिल्मका केही दृष्यमा चुम्बन गरेका उनिहरु बेडसिनसम्म पुग्छन् । ‘घरको लोग्नेको भन्दा छिमेकीकै पुरुषको अंगालो मिठो छ भन्ने भावले अभिनय गर्नुपर्ने थियो अलि गा¥है भयो ।’ अस्मिता बस्नेतले भनिन् । उनि आफैमा अबिबाहित युवति हुन् । त्यसकारण उनले जवाफ दिन सक्दिनन् कसको अंगालो मिठो हुन्छ । छिमेकीको कि लोग्नेको ।



त्यसो त केशबले पनि यस किसिमको अभिनय पहिलो चोटी गरेको बताए । उनि भन्दै थिए ‘अभिनय राम्रो गर्नुपर्ने भएकाले अन्य कुरा सोच्दै सोचिएन ।’ फिल्मका केही दृष्यमा उनिहरु लिप्त छन् । यो दृष्यको सुटिङ गर्न तीन घण्टा बढी समय लागेको निर्देशक क्षेत्री बताउछन् ।बर्दिवासको गौतम होटलको स्वीटरुममा यी दृष्य सुटिङ गरिएको थियो भने , कलाकारको आग्रहमा सुटिङ स्पटमा निर्देशक, क्यामेरामेन, मेकअपम्यान र सहायक निर्देशक मात्रै उपस्थित थिए । कलाकारलाई केही समय रिहर्सल गराएर सुटिङ गरिएको थियो भने । दृष्यलाई जीबन्त बनाउन सजिलो होस भनेर अस्मिता र केशबले सुटिङ अघि एक एक गीलास बीयर खाएका थिए । यस चलचित्रमा रिमा विश्वकर्माले आईटम डान्स गरेकी छिन् । सिर्जना सुब्बा, दयाहाङ राई, बिनिता घिमिरे, रुपा खनाल लगायतले अभिनय गरेका छन् ।


 (सुटिंग रिपोर्ट )

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses