पुरुषमा बढ्दै छ स्तन क्यान्सर
स्तन क्यान्सरप्रति महिला मात्र होइन पुरुष पनि सचेत रहनुपर्ने बेला आएको छ । एउटा अध्ययन अनुसार, पुरुषमा स्तन क्यान्सरको समस्यामा वृद्घि देखिएको छ । स्तन क्यान्सरले प्रभावित महिला र पुरुष बिरामीको बाँच्ने दर लगभग समान नै छ ।

युनिभर्सिटी अफ टेक्सास एमडी एडर्सन क्यान्सर सेन्टरका अनुसन्धानकर्ताहरू करिब २ हजार ५ सय केसको अध्ययन गरेपछि यो निष्कर्षमा पुगेका हुन् । उनीहरूका अनुसार, पुरुषमा स्तन क्यान्सरको समस्या बढे पनि महत्त्वपूर्ण कुरा के छ भने, उनीहरू यसको सम्भावनाबारे जागरुक छन् ।
पुरुषमा स्तन क्यान्सरको समस्या पछिल्लो अढाइ दशकमा प्रतिएक लाखमा ०.८६ बाट वृद्घि भएर १.०८ भएको छ । अनुसन्धानकर्ताहरूले तुलनाका लागि महिलामा स्तन क्यान्सरका ३ लाख ८० हजार केससमेत हेरे । महिला बिरामीको दाँजोमा पुरुष बिरामीलाई उमेर बढी भएपछि स्तन क्यान्सर पत्ता लागेको पाइयो । साथै केही पुरुषलाई बढी उमेरमा यो रोग हुने आशंकासमेत देखियो ।
पुरुषमा स्तन क्यान्सरको गाँठो छ कि छैन भनी थाहा पाउन बढी सजिलो छ । तर पुरुषहरू गाइनेकोम्यास्टिया (महिलाजस्तै छाती हुनु) को समस्याले गर्दा यस्तो भएको भ्रममा पर्ने गर्छन्, सुरुसुरुमा ।
अध्ययनअनुसार, पुरुषमा पाइने सबैभन्दा सामान्य स्तन टयुमर डक्टल क्यार्सिनोमा हो । यो समस्या ९३.४ प्रतिशत पाइयो । यसबाहेक पुरुषलाई एस्ट्रोजेन पोजेटिभ गाँठो हुने आशंकासमेत हुन्छ । यसलाई निमिटयान्न पार्न टेमोक्सिफेन उपचार गराउन सकिन्छ । थप जानकारीका लागि तलको भिडियो हेर्न सक्नुहुन्छ
0 comments
Write Down Your Responses