मलेसिया गएका पतिले पठाएको दश लाख दिनदहाडै लुटियो

भिडियो हेर्न तल क्लिक गर्नुहोस

जितेन्द्रकुमार झा, राजविराज, चैत्र २९- सप्तरीको हनुमाननगर बजारमा बिहीबार दिनदहाडै एक महिला लुटिएकी छिन्। जग्गा पास गराउन राजविराज आउँदै गर्दा सरस्वतीदेवी रजकको साथबाट दुई अज्ञात युवकले दश लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ। रोजगारीका क्रममा मलेसियामा रहेका पति कुशेश्वरले मलेसियाबाट पठाएको रकम जग्गा किन्ने क्रममा लुटिएको हो।



जग्गाधनी सप्तरीकै डिमनकी मनोरमादेवी यादवले हनुमाननगरस्थित कृषि विकास बैंकबाट आफूले ३ लाख रुपैयाँ कर्जा उठाएका कारण बैंकले उक्त जग्गा रोक्का गरेको भन्दै दश लाख मध्यै तीन लाख रुपैयाँ हनुमाननगरस्थित कृषि बैंकमा बुझाउने भनेपछि सोही अनुरुप आफू घरवाट पैसा लिएर हनुमाननगर आएको तर बैंक जानु अघि नै लुटिएको सरिताले बताइन्। सरिता आफ्ना देवर छोटेलाल रजकसँगै घरवाट हिँडेकी थिइन्।



हनुमाननगर पुगेपछि देवरले फोन गरेर जग्गा धनीलाई बोलाएको र उनीहरुसँग कुराकानी भइरहेको वेला रातो कपडामा पोका पारिएको रुपैयाँ खोसेर दुई अपरिचित युवक फरार भएको उनले जनाइन्।



महदेवा गाविस-३ चकला टोलकी स्थायी बासिन्दा सरितका पति कुशेश्वर रजक पछिल्लो दुई वर्षदेखि बैदेशिक रोजगारका क्रममा मलेशीयामा रहेका छन्। पतिले मलेशीयावाट पैसा पठाएपछि उक्त पैसाले जग्गा किन्ने पारिवारीक सल्लाह पछि आफु जग्गा किन्नका लागि आएको सरिताले बताइन्।



घटना पश्चात पीडित सरिता पटक-पटक मुर्छित भइरहेकी छिन्। हनुमाननगरस्थित इलाका स्वास्थ्य केन्द्रमा हाल सरिताको उपचार भइरहेको छ भन्ने प्रहरीले हनुमाननगर सहित जिल्लाका विभिन्न नाकाहरुको नाकावन्दी गरी लुटेराहरुको खोजतलास गरिरहेका छन्। सरिताको बयानका आधारमा देवर सहित केही संदिग्धहरुलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses