पत्रपत्रिकामा आउने यौन जिज्ञासा र यौन विशेषज्ञका केही भ्रमहरु
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
यहाँ ब्लडप्रेसर, डायबिटीज, थाइरायड, ग्यास्टिकहरुको स्थायी उपचार गरिन्छ………’, ‘पाइल्स, पत्थरी, पिनास, निको नभए पैसा फिर्ता……’, हेपाटाइटिस, छातीको दाग, पत्थरी, पायल्स, हाइड्रोसिलको विनाअपरेशन ग्यारेन्टी उपचार…..’ हिजोआज रेडियो, टेलिभिजन र पत्रपत्रिकामा यस्ता विज्ञापन छरपस्ट रुपमा हेर्न, सुन्न र पढ्न पाइन्छ । रत्नपार्कको फूटपाथ व्यापारीले झैं स्वास्थ्य संस्था चलाउनेले बिरामीलाई आफूतिर आकषिर्त गर्न यसैगरी लोभलाग्दो विज्ञापन गरिरहेका छन् ।
आफूलाई नेपालका एकनम्बर दाबी गर्ने दैनिक पत्रिकाहरुमा दर्ता नभएका अज्ञात संस्थाका तर्फबाट मानिसको स्वास्थ्यसँग सम्बन्धित विज्ञापन निर्वाधरुपमा छाप्ने गरेका छन् । यौन दुर्बलता हटाउने, लिंगको विकास गर्ने, स्तन बढाउने र योनी टाइट गर्ने जस्ता विज्ञापन नेपाली पत्रपत्रिकामा यत्रतत्र पाइने गरेको भए पनि त्यसप्रति न मेडिकल काउन्सिलले अनुगमन गरेको छ, न नेपाल प्रेस काउन्सिलसँग विज्ञापनसम्बन्धी कुनै नीति छ । यस्ता विज्ञापनहरुमा संस्थाको दर्ता नम्बर र स्पष्ट ठेगाना उल्लेख नगरी फोन नम्बरमात्रै दिने गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses